बर्दिया २९ चैत : बर्दियामा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम जारी रहेकै बेला आईतवार हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ ।
बर्दियाको गेरुवा गाउँपालिका वडा नम्रब– १, भटेरा निवासी ६० वर्षिय भुन्टि बोहराको बगुवा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला आईतवार दिउँसो करिब १ बजेतिर जंगली हात्तीको आक्रमणमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियामा बाघको आक्रमण जारी रहेकै बेला हात्तीको समेत आक्रमणबाट मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी त्रसिद बनेकाछन् । बर्दियामा बाघको आक्रमणबाट मात्रै यो वर्ष १० जना मानिसको मृत्यु भैसकेको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?