बर्दिया २९ चैत : बर्दियामा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम जारी रहेकै बेला आईतवार हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ ।
बर्दियाको गेरुवा गाउँपालिका वडा नम्रब– १, भटेरा निवासी ६० वर्षिय भुन्टि बोहराको बगुवा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला आईतवार दिउँसो करिब १ बजेतिर जंगली हात्तीको आक्रमणमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियामा बाघको आक्रमण जारी रहेकै बेला हात्तीको समेत आक्रमणबाट मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी त्रसिद बनेकाछन् । बर्दियामा बाघको आक्रमणबाट मात्रै यो वर्ष १० जना मानिसको मृत्यु भैसकेको छ ।
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप :२४ स्वर्णसहित सगरमाथा क्लब शीर्षस्थानमा
कारागारको पर्खालबाहिरै सुरुङ पुग्दासम्म प्रहरीले थाहै पाएन, कैदीहरू निस्किएको पनि पत्तै भएन
पत्रकारमाथि धरपकड: सरकारलाई छानबिन गर्न रास्वपाको निर्देशन, अरु के के निर्णय भयो?
बाढीले बगाएको त्रिभुवन त्रिशूली माबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र मनोसामाजिक परामर्श
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते