नेपाली काँग्रेस बर्दियाका कार्यबाहक सभापतिसहित ४५ जनाले दिए संयुक्त राजिनामा


नेपाली काँग्रेस बर्दियाका कार्यबाहक सभापतिसहित ४५ जनाले दिए संयुक्त राजिनामा

बर्दिया ११ वैशाखः नेपाली काँग्रेस बर्दियाको आन्तरिक द्वन्द्वका कारण कार्यबहाक सभापति सहित ४५ जनाले संयुक्त रुपममा राजिनामा दिएका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागी क्रियाशिल सदस्यताको नविकरण र नयाँ सदस्यता वितरणको काम धमाधम भैरहेको छ । नेपाली काँग्रेसको केन्द्रले रेड जोनमा राखेको बर्दिया जिल्लाको क्रियाशिल सदस्यता नविकरणको काम चैत्रमसान्त सम्म पनि कम्प्युटरमा नराखिएमा जिल्लाले महाधिबेशनमा भाग लिन नपाउने अवस्था आइसकेको थियो ।

क्रियाशिल सदस्यता नविकरण कार्यमै विवाद आएपछि लामो समयसम्म रोकिएको संवादलाई केन्द्रबाट केन्द्रिय प्रतिनिधि चैत्र २४ गते आई चैत्र मसान्तसम्म क्रियाशिल सदस्यता नविकरण कम्प्युटरमा अध्यावधिक नगरे महाधिवेशनबाट बर्दिया जिल्ला छुट्ने भन्ने सन्देश दिएसगै जारी विवादलाई थाति राख्दै क्रियाशिल सदस्यता नविकरण गर्ने कार्य धमाधम सुरु भएको थियो ।

कम्प्युटरमा अद्यावधिक सुरु भएलगत्तै बर्दिया जिल्लाले पनि महाधिबेशनमा भाग लिन पाउने पक्का भएको छ । तर, क्रियाशिल सदस्यता नविकरण गर्ने कार्य जारी रहेको छ भने नयाँ क्रियाशिल सदस्यता अझै पनि वितरण गरिएको छैन ।

Kids Festival 2022
kanti aarogya hospital

क्रियाशिल सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणमा देखिएको मुख्य विवाद भनेको रकमको हो । केन्द्रले सदस्यता नविकरणका लागी २ सय रुपैया तोेकेको छ भने जिल्ला कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार सदस्यता नविकरणका लागी तोकिएको ८ सय रुपैयाँ आवश्यकता भन्दा बढि भएको भन्दै नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णय अनुसार थप गरिएको ६ सय रुपैया कार्यकर्ताको लागी जोहो गर्न समस्या पर्ने भन्दै बैशााख ७ गते नेपाली काँग्रेस क्षेत्र नम्बर– १ का क्षेत्रीय सभापति मुक्तिनाथ यादवको अगुवाईमा नेपाली काँग्रेसको पार्टि कार्यालयमा तालावन्दि गरिएको थियो ।

तालावन्दि पश्चात वार्ताबाट समस्याको हल ननिस्किएपछि जिल्ला कार्य समितिका पदाधिकारी, महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यहरुले संयुक्त रुपमा राजिनामा दिएका हुन् ।

आसन्न १४ औं महाधिबेशनका लागी क्रियाशिल सदस्यता वितरणमा विवाद देखिएपछि कार्यबहाक सभापति मिश्रिलाल यादव सहितका ४५ जनाले संयुक्त रुपमा राजिनामा दिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

राजिनामा दिनेमा जिल्ला सचिव जंगबहादुर मल्लसंगै निवर्तमान जिल्ला कार्य समितिका पदाधिकारी, महासमिति सदस्य र महाधिबेशन प्रतिनिधि रहेकाछन् । पार्टि सभापति संञ्जय गौतम समक्ष पेश गरिएको संयुक्त राजिनामा पत्रमा क्रियाशिल सदस्यता वितरण जारी विवादकाविच क्षेत्रीय सभापतिले पार्टि कार्यालयमा तालाबन्दि गरेको र बाहिर गुण्डा परिचालन गरेकाले काम गर्न सक्ने स्थिति नभएको भन्दै राजिनामा दिएको पत्रकार सम्मेलनमा महासमिति सदस्य विद्याप्रसाद खनालले जानकारी गराए ।

क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पुर्व सचिव तेजबहादुर भाट लगायतका व्यक्तिहरुले अराजक जत्था ल्याई पार्टि कार्यालयको सचिवालय कक्षमा गएर पार्टिको क्रियाशिल सदस्यता नविकरण गर्ने कार्यमा दख्खल दिदैँ पार्टिका नेताहरुलाई लछारपछार गरी कार्यालय बाहिर ल्याई पार्टि कार्यालयमा तालाबन्दि गर्ने जस्तो घृणित अनुशासनहिन कार्य गरेको हुँदा यस्ता अनुशासनहिन कार्यलाई निरुत्साहित गर्न निजहरुलाई अनुशासनको कारबाहि गर्न माग समेत गरिएको छ ।