सिडिओले चिउडोमा र एसपीले कानमा माक्स झुण्डाएपछि...


सिडिओले चिउडोमा र एसपीले कानमा माक्स झुण्डाएपछि...

बर्दिया २४ वैशाख : विश्वमा कोरोना भाइरसले माहामारी फैलाइरहेका बेला स्वास्थ्य मापदण्ड पालना पहिलो प्राथमिकतामा परेको छ । माक्सको अनिवार्य प्रयोग गर्ने भनिएको छ । तर, सार्वजनिक कार्यक्रममा समेत कार्यान्वयन गराउने निकायका पदाधिकारीले नै मास्कको सहि प्रयोग गरेको पाइँदैन ।

बर्दियामा कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै वैशाख २० गतेदेखि पुर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । त्यसअघि वैशाख १३ गतेदेखि १९ गतेसम्म आशिंक निषेधाज्ञा जारी गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

आशिंक निषेधाज्ञा पुर्व जिल्ला प्रशासन कार्यालय बर्दियामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले मास्कलाई सहि प्रयोग गरेका थिएनन् । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले घाँटीमा मास्क लगाएका थिए भने प्रहरी उपरीक्ष ईश्वर कार्कीले मास्कलाई कानमा झुन्ड्याएका थिए ।

बर्दियामा कोभिड–१९ संक्रमितको संख्या उकालो लाग्दै गरेको अवस्थामा मृत्यु हुनेको सख्या पनि बढ्दै गइरहेको छ । यस्तो अवस्थामा सरकारी निकायकै जिल्लाका उच्च तहका व्यक्तिहरुबाट यस्तो कार्य भैरहँदा अन्य नागरिकलाई कस्तो सन्देश जान सक्छ यसै भन्न सकिएको छैन ।