बर्दिया ८ जेठ : किसानको माग अनुसार ५० प्रतिशत अनुदानमा स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यान्वयन समितिलाई धानको मुल विउ उपलव्ध गराइएको छ ।
बर्दियाको गुलरियामा रहेको नयाँ शीरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १ हजार किलो राम धानको मुल विउ ५० प्रतिशत अनुदानमा गुलरिया नगरपालिका वडा नम्बर– ४ मा रहेको स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यान्वयन समितिलाई हस्तान्तरण गरेको हो ।
धानको मुल विउ उत्पादन भएपछि मुल विउ प्रमाणि गर्ने कामको सहजीकरण सहकारीले गर्ने भएको छ । साथै प्रमाणित भएको विउ सहकारीले खरिद गर्ने र सो धानको मुल्य तत्कालिन बजारमा चलेको मुल्य र नेपाल सरकारले तोकेको मुल्यलाई मुझि सो भन्दा बढिमा खरिद गर्ने भएको छ ।
नयाँ शीरा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गेहेन्द्रप्रसाद ढकालले सो धानको विउले करिब ३० विगाह जमिनका लागी पुग्ने भन्दै किसानले उत्पादन गरेको धान खरिद पनि आफुहरुले गर्ने भएका कारण किसानलाई सहज हुने बताए ।
स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष रजिता चौधरीले खेति किसानीमा निर्भर किसानका लागी यो अनुदानको धानको विउले धान उत्पादनमा बृद्धि हुने र कृषक वा समितिलाई आवश्यक पर्ने प्राविधिक सहयोग सहकारीले निःशुल्क उपलव्ध गराउने भएपछि किसानहरु उत्साहित भएको बताईन् ।
लुम्बिनीमा किन भइरहेछ आनीको विरोध?
दसैंमा कर्णाली-कहर: माथितिर हिउँले छेक्यो, यता पहिराले
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा