मैनापोखरबाट लागुऔषध चरेससहित ३ जना पक्राउ


मैनापोखरबाट लागुऔषध चरेससहित ३ जना पक्राउ

बर्दिया १५ जेठ : ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले लागुऔषध चरेससहित ३ जनालाई नियन्त्रणमा लिएकोछ ।

पक्राउमा पर्नेहरुमा बर्दिया बढैयाताल गाउँपालिका वडा नम्वर– ८ शितलाबजार बस्ने ४८ वर्षीय बल बहादुर कामी, बाँकेको खजुरा गाउँपालिका वडा नम्वर– ६ बस्ने २६ वर्षीय कमल विश्वकर्मा र ३२ वर्षीय काली बहादुर चदारा रहेको रहेको ईलाका प्रहरी मार्यालय मैनापोखका प्रहरी निरीक्षक धमराज जोशीले बताए ।

बढैयाताल गाउँपालिका वडा नम्बर–३ भोलागौडी मान्झुण्डी सामुदायीक वन नजिक शंकास्पद रुपमा उभिएका उनीहरुको खानतलासी गर्दा शुक्रबार ईलाका प्रहरी कार्यालय मैनापोखरले ६९४ ग्राम लागूऔषध चरेससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक जोशीका अनुसार उनीहरु शंकास्पद तरिकाले उभिएर कुरा गरिहेको थिए । प्रहरीले खानतलासी गर्दा कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागूऔषध चरेस ६९४ ग्राम फेला परेको छ । प्रहरीका अनुसार उनीहरुमाथि थप अुनसन्धान भइरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यता जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले लागु औषध चरेससहित नियन्त्रणमा लिइएकाहरुलाई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको बताए ।

सेतोखरीसंग कुरा गर्दै बर्दियाका प्रहरी प्रमुख कार्कीले भने –‘कोरोना महामारीकाबीच जारी निषेधाज्ञाको मौका छोपी अनैतिक तथा अपराधिक गतिविधि निस्तेज पार्न बर्दिया प्रहरी सक्रिय रहेकोछ ।’ उनले भने–‘यस्तो अवस्थामा पनि लागुऔषध ओसारपसार तथा कारोबार एवम अपराधिक गतिविधि भएपछि मातहतका प्रहरीलाई थप सक्रियता बढाउन निर्देशन दिएकोछु ।’