बर्दिया अस्पतालको आइसोलेसनलाई स्वास्थ्य सामग्री सहयोग


बर्दिया अस्पतालको आइसोलेसनलाई स्वास्थ्य सामग्री सहयोग

बर्दिया (गुलरिया) १५ जेठ : कोभिड–१९ कहरककाबीच युनिसेफले जिल्ला अस्पताल बर्दियाको कोभिड–१९ आइसोलेसनका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

युनिसेफको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी बर्दियाद्वारा सञ्चालित कोभिड–१९ पुर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत बर्दिया जिल्ला अस्पताललाई अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति कृष्ण गौतमका अनुसार बर्दिया अस्पतालमा रहेको कोभिड–१९ आइसोलेसनका लागि आवश्यक पर्ने माक्स, सेनिटाइजर, तातो–चिसो पानी दिने इलेक्ट्रिक मेसिन, कन्ट्याक्ट लेस हेण्डवास लगायत आइसोलेसन सफाईका लागि चाहिने हरेक सामाग्री सहयोग गरिएको छ ।

आवश्यक परेको खण्डमा आइसोलेसनलका लागि चाहिने थप स्वास्थ्य सामग्री समेत सहयोग गर्न सकिने समेत गौतमले बताए ।

जिल्ला अस्पताल बर्दियामा रहेको कोभिड–१९ आईसोलेसनलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकोमा युनिसेफ र नेपाल रेडक्रस सोसाइटी बर्दिया धन्यवादको पात्र रहेको जिल्ला अस्पताल बर्दियाका वरिष्ठ मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सुभाष पाण्डेले बताए ।

सहयोग गरिएको सामाग्री हरुमा १ हजार लिटर पानी राख्ने ट्याङकी लगायत सरसफाई सामाग्री समेत रहेका थिए ।