बर्दिया प्रहरीको सक्रियता : अवैध बालुवा उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा


बर्दिया प्रहरीको सक्रियता : अवैध बालुवा उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

अवैध बालुवा उत्खननमा प्रयोग गरिएका सवारी साधन ।

बर्दिया १८ जेठ : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको फाइदा उठाउँदै वालुवा उत्खनन्मा प्रयोग गरिएका सवारी साधनलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएकोछ ।

बर्दियाको बारबार्दिया नगरपालिका वडा नम्बर–२, लठुवाघाटबाट अवैधरुपमा वालुवा उत्खनन् गर्ने स्काभेटर, टिप्पर र ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार लठुवाघाटमा अबैध ढंगले बालुवा उत्खनन गरिहेका ३ टिप्पर, १ स्काभेटर र १ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।

अबैध रुपमा प्राकृतिक स्रोत उत्खन्न गर्ने स्काभेटर र सो सामान ओसरपसार गर्ने टिप्पर तथा ट्याक्टरलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

वर्षायामको समयमा नदीजन्य पदार्थ उत्खन्न गर्नमा रोक लगाए पनि कोरोना संक्रमणका बीच जारी निषेधाज्ञामा चोरी भइरहेको सूचना पाएको बर्दिया प्रहरीले स्काभेटरसहितका सवारीसाधन नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय बर्दियामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी ईश्वर कार्कीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कार्कीका अनुसार मंगलबार ईलाका प्रहरी कार्यालय बाँनियाभारका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बाबई नदीमा बालुवा झिक्दै गरेका टिप्पर, स्काभेटर र ट्रयाक्टर नियन्त्रणमा लिईएको हो ।