रक्षा ट्रष्टद्वारा ६ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान


रक्षा ट्रष्टद्वारा ६ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान

बर्दिया ३१ जेठ : पुर्व सिचाई मन्त्री सञ्जय गौतमले कोरोना महामारीसँग बच्नको लागी स्वास्थ्य मापदण्डलाई पालना गर्दै सवैले समन्वयका साथ काम गर्नु पर्ने बताएकाछन् ।

रक्षा ट्रष्ट बर्दियाले अक्सिजन कन्सन्ट्रेटर ६ थान मेसिन जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गर्दै गौतमले यस्तो बताएका हुन् ।

महामारीसंग जुध्नका लागी सवैको एकता हुनु पर्नेमा जोड दिदैँ रक्षा ट्रष्टका सल्लाहाकार समेत रहेका गौतमले कोरोनाका साथसाथै प्राकृतिक विपद्को पनि सामना गर्नु पर्ने अवस्था आइलागेको हुँदा बाढि पुर्व तयारीमा जुट्न आग्रह गरे ।

नेपाल चिकित्सक संघको सहयोगमा रक्षा ट्रष्ट बर्दियाले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने गरी हस्तान्तरण गरेको ६ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन बुझ्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले प्राप्त सहयोगले कोभिड बिरामीको उपचारमा सहयोगी हुने बताए ।

उनले कोरोना नियन्त्रणका लागी जिल्लाबासीको साथ र सहयोग पाइरहेको बताउँदै सहकार्यका लागि आफू सधैं तयार रहेको बताए ।

रक्षा ट्रष्टका कार्यबहाक अध्यक्ष शुधान्सुप्रकाश शर्माले जिल्ला अस्पताललाई २ थान, गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका र बढैयाताल गाँउपालिकालाई एक–एक थान अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलव्ध गराउने गरी जिल्ला प्रशासन कार्यालयलाई प्रदान गरिएको बताए ।