बर्दिया ५ साउन : बाल शिक्षा अध्यापन गराइरहेका शिक्षकहरुले आफूहरुलाई पायक पर्ने विद्यालयमा राखिदिन माग गरेकाछन् । गुलरिया नगरपालिकाका बाल शिक्षकहरुले पायक पर्ने विद्यालयमा आफुलाई राखिदिन माग गरेका हुन् ।
गुलरिया नगरपालिकामा रहेका एक सय ३६ जना बाल शिक्षकहरुले समुदायमा आधारित शिक्षकहरुलाई मात्रै विद्यालयमा राखिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन् ।
आफूलाई पायक पर्ने विद्यालयमा सरुवा गरिदिन आग्रह गर्दै गुलरिया शिक्षा तथा युवा खेलकुद शाखालाई ज्ञापनपत्र बुझाइएको बाल शिक्षक नगर समितिका अध्यक्ष लक्ष्मी गौतमले जानकारी दिइन ।
गौतमले न्यून ज्यालामा २० वर्षदेखि अध्यापन गराउँदै आएको बताउँदै उनले समय परिस्थिति अनुसार बाल शिक्षालाई पनि परिवर्तन गर्न आवश्यक भएको बताइन ।
अहिले पनि मासिक ६ हजार रुपैयाँमा बाल शिक्षकहरुले काम गरिरहेको भन्दै स्थानीय तहले कुनै महत्व नदिएको उनी बताउँछिन् । साथै पछिल्लो पटक बाल शिक्षकलाई भर्ती केन्द्रको रुपमा प्रयोग गरिएको भन्दै उनले आपत्ती जनाइन् ।
शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख निलकन्ठ रेग्मीले बाल शिक्षक मर्कामा परेको भन्दै पहल गर्ने बताए । बाल विकास केन्द्रमा रहेका शिक्षकको विषयमा नगरपालिका गम्भीर रहेको उनले बताए ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति