गुलरियाका बाल शिक्षकले बुझाए ज्ञापन पत्र


गुलरियाका बाल शिक्षकले बुझाए ज्ञापन पत्र

बर्दिया ५ साउन : बाल शिक्षा अध्यापन गराइरहेका शिक्षकहरुले आफूहरुलाई पायक पर्ने विद्यालयमा राखिदिन माग गरेकाछन् । गुलरिया नगरपालिकाका बाल शिक्षकहरुले पायक पर्ने विद्यालयमा आफुलाई राखिदिन माग गरेका हुन् ।

गुलरिया नगरपालिकामा रहेका एक सय ३६ जना बाल शिक्षकहरुले समुदायमा आधारित शिक्षकहरुलाई मात्रै विद्यालयमा राखिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

आफूलाई पायक पर्ने विद्यालयमा सरुवा गरिदिन आग्रह गर्दै गुलरिया शिक्षा तथा युवा खेलकुद शाखालाई ज्ञापनपत्र बुझाइएको बाल शिक्षक नगर समितिका अध्यक्ष लक्ष्मी गौतमले जानकारी दिइन ।

गौतमले न्यून ज्यालामा २० वर्षदेखि अध्यापन गराउँदै आएको बताउँदै उनले समय परिस्थिति अनुसार बाल शिक्षालाई पनि परिवर्तन गर्न आवश्यक भएको बताइन ।

Kids Festival 2022
kanti aarogya hospital
add

अहिले पनि मासिक ६ हजार रुपैयाँमा बाल शिक्षकहरुले काम गरिरहेको भन्दै स्थानीय तहले कुनै महत्व नदिएको उनी बताउँछिन् । साथै पछिल्लो पटक बाल शिक्षकलाई भर्ती केन्द्रको रुपमा प्रयोग गरिएको भन्दै उनले आपत्ती जनाइन् ।

शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख निलकन्ठ रेग्मीले बाल शिक्षक मर्कामा परेको भन्दै पहल गर्ने बताए । बाल विकास केन्द्रमा रहेका शिक्षकको विषयमा नगरपालिका गम्भीर रहेको उनले बताए ।