नेपाली काँग्रेसको समन्वयमा बर्दियाका २ हजार बढि विद्यार्थीलाई झोला तथा स्टेशनरी वितरण


नेपाली काँग्रेसको समन्वयमा बर्दियाका २ हजार बढि विद्यार्थीलाई झोला तथा स्टेशनरी वितरण

बर्दिया १६ साउन : बर्दिया जिल्लाका १२ वटा विद्यालयका २ हजार २ सय १ जना बालबालिकालाई स्कुल ब्याग र स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

बर्दिया जिल्लाको राजापुर र गेरुवा गाउँपालिकामा रहेका सामुदायिक विद्यालय मध्ये १२ वटा विद्यालयका २ हजार २ सय १ जना विद्यार्थीलाई स्कुल ब्याग, स्टेशनरी र सरसफाई किट वितरण गरिएको हो ।

बालबालिका देशका कर्णधार भएको भन्दै नेपाली काँग्रेसका महासमिति सदस्य तथा समाजसेवि जन्मजय तिमिल्सिनाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको समयमा आर्थिक अवस्था कमजोर भएकाहरु थप आर्थिक भारमा परेको हुँदा बालबालिकालाई अध्ययनका लागी टेवा पुग्ने उद्देश्यले प्रत्येक विद्यार्थीलाई एउटा स्कुल ब्याग र स्टेशनरी सामाग्री वितरण गरिएको बताए ।

बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले यस्ता खालका क्रियाकलापले अविभावको मनोबल बढने तथा बालबालिकालाई पढाईमा थप रुचि बढने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

चाइना फाउन्डेसन फर पोभर्टी एलिमियसनको आर्थिक सहयोग र राष्ट्रिय अपांग पुनःस्थापना समाजले नेपाली काँग्रेसका महासमिति सदस्य तथा समाजसेवि जन्मजय तिमिल्सिनाको समन्वयमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा रहेका ती सामुदायिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग, स्टेशनरी र सरसफाई किट वितरण गरिएको हो ।

यसैगरी नेपाली काँग्रेसका नेता जन्मजयले कोभिड–१९ सुरक्षा स्वास्थ्य सामाग्री गेरुवा गाँउपालिकालाई हस्तान्तरण गरेका छन् । गेरुवा गाँउपालिकालाई तिमिल्सिनाले ७ लाख ९३ हजार रुपैयाँ भन्दा बढिको कोभिड–१९ सुरक्षा स्वास्थ्य सामाग्री गाँउपालिका अध्यक्ष जमानसिंह केसी र प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरे ।

नेपाली काँग्रेसका नेता तिमिल्सिनाको समन्वयमा गएको वर्ष पनि फाउण्डेशनको सहयोगमा दर्जनौ विद्यालयलाई ब्याग, स्टेशनरी र सरसफाई किट समेत वितरण गरिएको थियो ।