बर्दिया प्रहरीद्वारा भन्सार छली ल्याउँदै गरेको सामान सहित २ जना पक्राउ


बर्दिया प्रहरीद्वारा भन्सार छली ल्याउँदै गरेको सामान सहित २ जना पक्राउ

नेपालगन्ज २० साउन : बर्दिया प्रहरीले भन्सारा छली ल्याएको अबैध सामान सहित २ जनालाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर–७ पुरानो कण्ठपुरबाट भन्सार छलि ल्याउँदै गरेको अबैध सामान सहित २ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकोछ ।

प्रहरीका अनुसार अबैध सामानसहित पक्राउ पर्नेमा २ जना महिला रहेकाछन् । उनीहरुले तीन वटा साइकलमा विभिन्न किराना पसलका समाग्री, सुर्तीजन्य तथा बिद्युतीय सामाग्रीहरु ल्याएका थिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक इश्वर कार्कीले भन्सार छलि ल्याउँदै गरेको उक्त सामान प्रहरी चौकी कालिकाबाट गएको गस्ती टोलीलाई देख्नासाथ सामान त्यहीँ छाडी एक जना महिला भारततर्फ भागेको बताए ।

सोक्रममा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएकोछ । बरामद गरिएको सामाग्रीको अन्दाजी मूल्य ८१ हजार ४८० रुपैयाँ रहेको प्रहरी उपरीक्षक कार्कीले सेतोखरीलाई जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरी चौकी कालिका बाट खटिएको गस्ती टोलीलाई देख्ने बित्तिकै १ जना महिला साईकल र सामान छोडी भारत तर्फ भागेको र बाँकी २ जना महिला
पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर–६ बस्ने शारदा थारु र दीपा थारुलाई सामान र साईकल सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागी राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको प्रहरी टोलीले जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नम्बर– ५ गाउँ नम्बर– ११ स्थित खानेपानी भवनको कम्पाउण्डमा भारतबाट भन्सार छली गरी ल्याई बेवारिसे अबस्थामा राखिएको अन्दाजी मूल्य १८ हजार १४५ बराबरको चिनी तथा किराना सामान फेला पारी कानून बमोजिम बरामद गरी आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय, गुलरिया बुझाईएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।