नेपालगन्ज २१ साउन : बाँके प्रहरीले हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार विहान ११ बजेतिर बैजनाथ गाउँपालिका वडा नम्बर– ६, सम्झना चोकबाट हात्तीको दुई थान दाँतसहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङ बबई गाउँपालिका–५ का ५० वर्षिय दलबहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका–३ का ८५ वर्षिय टीकाराम सुनार र बर्दिया बाँसगढी नगरपालिका–३ का ४८ वर्षिय धनबहादुर सुनार रहेका छन् ।
वन्यजन्तुको अंगको कारोबार भइरहेको छ भन्ने विशेष सूचना पाएको प्रहरीले उनीहरुलाई बाटोमा हिडिरहेको बेलामा जाँच गरेको थियो ।
त्यसक्रममा दलबहादुर सुनारले बोकेको कालो रंगको झोलाभित्र सेतो प्लाष्टिकले बेरेको हात्तीको दुई वटा दाँत फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्