बाँके प्रहरीद्वारा हात्तीको दाँतसहित तीन जना पक्राउ


बाँके प्रहरीद्वारा हात्तीको दाँतसहित तीन जना पक्राउ

नेपालगन्ज २१ साउन : बाँके प्रहरीले हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार विहान ११ बजेतिर बैजनाथ गाउँपालिका वडा नम्बर– ६, सम्झना चोकबाट हात्तीको दुई थान दाँतसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङ बबई गाउँपालिका–५ का ५० वर्षिय दलबहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका–३ का ८५ वर्षिय टीकाराम सुनार र बर्दिया बाँसगढी नगरपालिका–३ का ४८ वर्षिय धनबहादुर सुनार रहेका छन् ।

वन्यजन्तुको अंगको कारोबार भइरहेको छ भन्ने विशेष सूचना पाएको प्रहरीले उनीहरुलाई बाटोमा हिडिरहेको बेलामा जाँच गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसक्रममा दलबहादुर सुनारले बोकेको कालो रंगको झोलाभित्र सेतो प्लाष्टिकले बेरेको हात्तीको दुई वटा दाँत फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।