नरैनापुरका छोटेलाल भरुवा बन्दुक र कटुवा पेस्तोलसहित पक्राउ


नरैनापुरका छोटेलाल भरुवा बन्दुक र कटुवा पेस्तोलसहित पक्राउ

नेपालगन्ज २२ साउन : बाँके नरैनापुर गाउँपालिका वडा नम्बर ६, दोन्द्राका ५० वर्षिय छोटेलाल राढ हतियारसहित पक्राउ परेकाछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार छोटेलाललाई एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ३ थानछ र्रा र एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

छोटेलालले हातहतियारको विक्री वितरण गर्न लागेको गोप्य सूचना पाएको लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समुह दाङबाट खटिएको प्रहरी टोली शुक्रबार नरैनापुरको दोन्द्राबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुशुदन न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका राढमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले सेतोखरीलाई जानकारी दिए ।