नेपालगन्ज २२ साउन : बाँके नरैनापुर गाउँपालिका वडा नम्बर ६, दोन्द्राका ५० वर्षिय छोटेलाल राढ हतियारसहित पक्राउ परेकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार छोटेलाललाई एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ३ थानछ र्रा र एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
छोटेलालले हातहतियारको विक्री वितरण गर्न लागेको गोप्य सूचना पाएको लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समुह दाङबाट खटिएको प्रहरी टोली शुक्रबार नरैनापुरको दोन्द्राबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुशुदन न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका राढमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले सेतोखरीलाई जानकारी दिए ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू