प्रहरीद्वारा अबैध सामान बरामद


प्रहरीद्वारा अबैध सामान बरामद

नेपालगन्ज ३२ साउन : बाँके प्रहरीले ठूलो मात्रामा अबैध सामान बरामद गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० ट्राफिक चोक र वडा नम्बर– १५ भन्सार नजिकबाट भन्सार छलि ल्याइ बेबारिसे अवस्थामा राखिएको अबैध सामाग्री बरामद गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

यसरी बेवारिसे अवस्थामा राखिएको सामानमा झ्यालको कब्जा, सुर्ती, जेन्स टिर्सट र एक थान बाघको मुर्ती रहेकोछ । बाघको मुर्ती नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ भन्सार नजिकबाट बरामद गरिएको हो । उक्त सामानको अन्दाजी मूल्य ५१ हजार १२० रुपैयाँ रहेको प्रहरीले बताएकोछ ।

प्रहरीले बरामद गरेको उक्त सामाग्री आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएकोछ ।