नेपालगन्ज ३२ साउन : बाँके प्रहरीले ठूलो मात्रामा अबैध सामान बरामद गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० ट्राफिक चोक र वडा नम्बर– १५ भन्सार नजिकबाट भन्सार छलि ल्याइ बेबारिसे अवस्थामा राखिएको अबैध सामाग्री बरामद गरेको हो ।
यसरी बेवारिसे अवस्थामा राखिएको सामानमा झ्यालको कब्जा, सुर्ती, जेन्स टिर्सट र एक थान बाघको मुर्ती रहेकोछ । बाघको मुर्ती नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ भन्सार नजिकबाट बरामद गरिएको हो । उक्त सामानको अन्दाजी मूल्य ५१ हजार १२० रुपैयाँ रहेको प्रहरीले बताएकोछ ।
प्रहरीले बरामद गरेको उक्त सामाग्री आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएकोछ ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू