चोरी भएको मोटरसाईकल वडा प्रहरीले ४ दिनमै भेटायो


चोरी भएको मोटरसाईकल वडा प्रहरीले ४ दिनमै भेटायो

नेपालगन्ज २ भदौ : पछिल्लो समय बाँकेमा चोरीको घटना बढ्दै गएकोछ । चोरीको घटना बढेसंगै बाँके प्रहरीले उच्च सर्तकता अपनाएकोछ ।

कोरोना भाइरस संक्रमणका बीच जारी निषेधाज्ञामा चोरीको घटना बढ्दै गएपछि प्रहरीले जिल्लामा हुने चोरी घटनामा निगरानी समेत बढाएकोछ ।

पछिल्लो समय विशेष गरि सवारी साधन चोरी हुने हराउने घटना बढेका छन् । सवारी साधन चोरीको घटनाले जिल्लाको नेपालगन्ज मात्र होइन यतिबेला कोहलपुर क्षेत्र र खजुरा क्षेत्रका स्थानीय समेत आक्रान्त बनेकाछन् ।

यही सिलसिलामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ बस्ने फन्दु थारुको भे ३ प ७७७१ नम्बरको स्पेलेण्डर मोटरसाईकल गत साउन २६ गते दिउँसो एक बजे हरायो ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ नेपाल बैंक अगाडी पार्किङ गरि राखेको उक्त मोटरसाईकल चोरी भएपछि फन्दुले वडा प्रहरी कार्यालय नेपालगन्जमा निवेदन दिए ।

उनको निवेदन आएसंगै वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरीक्षक डिल्ली खड्काले आफ्नो मातहतका प्रहरीलाई परिचालन गरे ।

उनको यो सक्रियताले मोटरसाईकल चोरी गरेका ब्यक्ति आक्रान्त बने । चोरी भएको मोटरसाईकल हुन सक्ने सम्भावित क्षेत्र र गिरोहलाई निगरानी गरिरहँदा वडा प्रहरी नेपालगन्जका ईन्चार्ज प्रहरी निरीक्षक डिल्लीको नेतृत्वले ४ दिनमै मोटरसाईकल फेला पार्यो ।

फन्दुको हराईरहेको मोटरसाईकल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–९ नापी कार्यालय नजिक साउन २९ गते बेलुका ७ बजे वेवारिसे अवस्थामा फेला पारी आवश्यक जाँच गरि बुधबार मोटरसाईकल धनी फन्दु थारुलाई उपलब्ध गराएकोछ ।