भदौ १६ देखि बुद्ध एयरको पोखरा–सिमरा सिधा उडान


भदौ १६ देखि बुद्ध एयरको पोखरा–सिमरा सिधा उडान

File Photo

नेपालगन्ज ४ भदौ : नेपालगन्ज–पोखरा–नेपालगन्ज सोझो उडान शुरु गरेको बुद्ध एयरले पोखरा–सिमरा सिधा उडान गर्ने भएकोछ । आगामी भदौ १६ गतेदेखि बुद्ध एयरले पोखरा–सिमरा सिधा उडान सुरु गर्ने भएको हो ।

कम्पनीले सिधा उडानबाट पोखरालाई देशको विभिन्न प्रदेशसँग जोड्ने क्रममा पोखरा–सिमरा सिधा उडान सुरु गर्नलागेको बताएकोछ । सुरुमा साताको ३ दिन (आईतबार, बुधबार र शुक्रवार) पोखरा–सिमरा सिधा उडान हुनेछ । त्यसपछि यात्रुको मागअनुसार पोखराबाट सिमरामा दैनिक उडान भर्ने योजना कम्पनीले लिएको छ । कम्पनीले पोखराबाट सिमरा उडानको समय १२ः२० र सिमराबाट पोखराको उडान समय १३ः१५ तोकेको छ ।

यस उडानबाट दुवै प्रदेश तथा शहरका जनता लभान्वित हुने भन्दै दुबै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने विश्वास लिइएकोछ । सिमरा–वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने भन्दै सिमरा–वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्नेछ ।

सिमरा–वीरगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहरहरु पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटकहरु पनि आकर्षित हुने बुद्ध एअरले जारी विज्ञप्तिमा जनाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि ल्याएको छ । सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९९९ मा २ रात ३ दिनको प्याकेज दिनेछ । यो प्याकेजमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ ।

बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन् । यसअघि नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान भरेको बुद्ध एयर आन्तरिक उडानमा देशमै अब्बल मानिन्छ ।

यो पनि पढ्नुहोस्

नेपालगन्ज–पोखरा उडानले थप्यो उत्साह