बर्दिया २० भदौ : बर्दिया प्रहरीले ठूलो मात्रामा सूर्तीजन्य कच्चा पदार्थ बरामद गरेकोछ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार प्रहरीले ८ क्विन्टल ८० किलोग्राम सूर्तीजन्य कच्चा पदार्थ बरामद गरेको हो ।
भारतबाट अबैध रुपमा भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको सूर्तीजन्य कच्चा पदार्थ(सूर्तीको धुलो) बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर– २ फुटाह नजिकबाट प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
बर्दियाका प्रहरी उपरीक्षक कार्कीका अनुसार प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको गस्ती टोलिले उक्त सूर्तीजन्यक कच्चा पदार्थ बरामद गरि आवश्यक कारबाहीका लागि राजापुर भनसार कार्यालय पठाएकोछ ।
प्रहरीले बरामद गरेको सूर्तीजन्य कच्चा पदार्थ(सूर्तीको धुलो)को अन्दाजी मूल्य एक लाख रुपैयाँ रहेको जनाएकोछ ।
यसैबीच, बर्दिया प्रहरीले ३ ग्राम ८ सय मिलिग्राम लागु औषध ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिएकोछ ।
बर्दियाको महम्मदपुर स्थित प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले एक ब्राउनसुगर सहित बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर–९ बस्ने २५ वर्षिय हरि बहादुर थापालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी उपरीक्षक कार्कीका अनुसार थापाले प्रयोग गरेको बा ६८ प ५५६७ नम्बरको बजाज कम्पनीको पल्सर (२२० सिसी) मोटरसाईकल रोकी चेकजाँच गर्नेक्रममा उक्त लागुऔषध बरामद भएको हो ।
पक्राउ परेका थापालाई प्रहरी हिरासतमा राखेर लागुऔषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएकोछ ।
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग