नेपालगन्ज २५ भदौ : केही दिनअघिमात्रै बाँकेको कोहलपुरबाट सिआईबीका नक्कली इन्स्पेक्टरलाई पक्राउ गरेको बाँके प्रहरीले बागेश्वरी मन्दिर परिसरबाट एकजना ‘नक्कली प्रहरी’लाई पक्राउ गरेकोछ ।
नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कबाट ‘नक्कली प्रहरी’ लक्ष्मण शाहीलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।
बागेश्वरी मन्दिर परिसरमा रहेको उक्त पार्कमा शाहीले बिहीबार राती आफूलाई प्रहरी हुँ भन्दै सर्वसाधरणलाई धम्काई चेकजाँच तथा सोधपुछ गरिरहेका बेला वडा प्रहरीले नियन्त्रणमा लिएको हो ।
कालिकोट खडाचक्र नगरपालिका वडा नम्बर–६ बस्ने १९ वर्षिय शाहीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू