सार्वसाधरण धम्काउने ‘प्रहरी’ पक्राउ


सार्वसाधरण धम्काउने ‘प्रहरी’ पक्राउ

नेपालगन्ज २५ भदौ : केही दिनअघिमात्रै बाँकेको कोहलपुरबाट सिआईबीका नक्कली इन्स्पेक्टरलाई पक्राउ गरेको बाँके प्रहरीले बागेश्वरी मन्दिर परिसरबाट एकजना ‘नक्कली प्रहरी’लाई पक्राउ गरेकोछ ।

नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कबाट ‘नक्कली प्रहरी’ लक्ष्मण शाहीलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

बागेश्वरी मन्दिर परिसरमा रहेको उक्त पार्कमा शाहीले बिहीबार राती आफूलाई प्रहरी हुँ भन्दै सर्वसाधरणलाई धम्काई चेकजाँच तथा सोधपुछ गरिरहेका बेला वडा प्रहरीले नियन्त्रणमा लिएको हो ।

कालिकोट खडाचक्र नगरपालिका वडा नम्बर–६ बस्ने १९ वर्षिय शाहीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।