वन्यजन्तु ओसारपसार मुद्दामा फरार प्रतिबादी ६ वर्षपछि पक्राउ


वन्यजन्तु ओसारपसार मुद्दामा फरार प्रतिबादी ६ वर्षपछि पक्राउ

नेपालगन्ज ७ असोज : वन्यजन्तु ओसारपोसार मुद्दामा फरार २ प्रतिबादी ६ वर्षपछि पक्राउ परेकाछन् ।

जिल्ला प्रहरीका कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाँउपालिका वडा नम्बर ९ बस्ने ४४ वर्षिय मनिराम थारु र सोही ठाँउ बस्ने अर्का ४३ धनिराम थारुलाई प्रहरलिे पक्राउ गरेको हो ।

वन्यजन्तु ओसारपोसार मुद्दामा बाँके जिल्ला अदालतले २०७३।०३।१२ गते उनीहरुलाई ११ महिना १० दिन कैद सजाय तोकेको थियो । अदालतको फैसला लगत्तै फरार रहेका प्रतिबादीद्वय थारुलाई आज(बिहीबार) प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको बाँके प्रहरीले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add