नेपाल घरेलु तथा साना उद्योग महासंघको नेतृत्वमा शाह निर्विरोध


नेपाल घरेलु तथा साना उद्योग महासंघको नेतृत्वमा शाह निर्विरोध

नेपालगन्ज २७ कार्तिक : नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगन्ज नगरसमितीमा दीला कुमारी शाहको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरिएको छ । शनिवार नेपालगन्जमा आयोजित नगरसमिती तथा नेपालगन्ज महिला उद्यमी समितीको प्रथम साधारण सभा तथा अधिवेशनले शाहको नेतृत्वमा सर्वसहमत १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।

समितीको वरिष्ठ उपाध्यक्षमा मोहमद वहाव खान, उपाध्यक्ष विष्णु प्रसाद खनाल, महासचिव भोजराज तिमिल्सेना, कोषाध्यक्ष तेज प्रकाश दिक्षित निर्विरोध निर्वाचित भएकाछन् ।

यसैगरी सदस्यहरुमा बाल कुमारी केसी, फणाधर भण्डारी, निलम ज्ञवाली, विजय चौधरी, विनोद अग्रहरी, संगमनाथ योगी, मिरा पाण्डे र प्रेम प्रसाद शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत विकाश आचार्यले जानकारी दिए ।

यसैगरी महासंघ नेपालगन्ज महिला उद्यमी समितीमा काली मिँया कस्मिराको नेतृत्वमा १३ सदस्यी समिती पनि निर्विरोध निर्वाचित भएको बताईएको छ । महिला समितीको वरिष्ठ उपाध्यक्षमा दुर्गा वम, उपाध्यक्ष धना खनाल, महासचिव मिना कुमारी मल्ल, कोषध्यक्ष कोमल श्रेष्ठ निर्वाचित भएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी सदस्यमा प्रमिला चौधरी र गिता थापा निर्वाचित भएकाछन् । नगर महिला उद्यमी समिती नगरसमितीको तृतिय उपाध्यक्षको नेतृत्वमा सञ्चालन हुने गरि गठन गरिने प्रवधान रहेको महासंघले जनाएको छ । यस्तै नगर कार्यसमितीतर्फ प्रदेश प्रतिनीधिमा दिपेन्द्र कुमार जोशी र सतिश कुमार अधिकारी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ ।

महासंघ नगरसमितीको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथी लुम्विनी प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ले उद्योग धन्दा नफस्टाएसम्म देश समृद्ध हुन नसक्ने बताईन् ।

देश संघीय संरचनामा गईसक्दा पनि राजनैतिक दलहरुमा एकात्मक राज्य प्रणालीको मानशिकता रहिरहेकाले त्यसको असर उद्योग ब्यावसायमा परिरहेको उनको भनाई थियो ।

‘म आफै प्रदेश सांसद भएर यी कुरा भन्न मिल्छ या मिल्दैन’, उनले भनिन् – ‘तीन तहको सरकार हुँदा पनि हाल सम्म बाँके र बर्दिया जिल्लालाई उपेक्षा गरेको महसुस सबैले गरिरहेका छौं ।’ उद्योग ब्यावसाय प्रबद्र्धनका लागि ब्यावसायिक संगठनहरु एकजुट भएर लाग्न उनको सुझाव थियो ।

साना तथा घरेलु महासंघ नेपालगन्ज नगरसमितीका कार्य बहाक अध्यक्ष दिपेन्द्र कुमार जोशीको सभापतित्वमा भएको उद्घाटन शत्रलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय उपाध्यक्ष पूर्ण बहादुर भण्डारीले बाँकेका ब्यावसायीले गरेका थुप्रै उदाहरणीय कामको मूल्यांकन केन्द्रले गरिरहेको बताए ।

लोकतान्त्रिक पद्धती अनुसार स्थानीय स्तरबाटै संगठित भएका ब्यावसायीहरु मिलेर जान सके देशको अर्थतन्त्रलाई नै सकारात्मक परिवर्तन गर्नसक्ने उनले दावी गरे । यस्तै साना तथा घरेलु महासंघ बाँकेका अध्यक्ष मधु कुमारी खड्काले समग्र रुपमा बाँकेका ब्यावसायीहरुले राम्रो काम गर्दा गर्दै नगरसमितीको आन्तरिक द्वन्द्वले केही बदनाम हुनुपरेको बताईन् । तर, महासंघको नेपालगञ्ज नगरकमिटीमा मेला महोत्सवको विषयमा रहेको विवाद अव सुल्झिसकेको जानकारी दिईन् । नेपालगन्जमा उद्योग ब्यावसाय थपिँदै गएको बताउनँदै उनले यसअघि दुई हजार बढी उद्यमी रहेकोमा चालु आर्थिक बर्षमा ३ सय बढीले नयाँ सदस्यता लिएको बताईन् ।

साधारण सभाको उद्घाटन शत्रमा शुभकामना मन्तब्य ब्यक्त गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले ब्यावसायीहरुका संगठन ब्यावसायीक हुन नसकेको बताए । विसुद्ध ब्यावसाय गर्नेहरु मात्र नभई संगठनका नाममा राजनीति गर्ने प्रबृतिले वास्तविक ब्यावसायी ओझेलमा परेको उनको भनाई थियो ।

नेपालगन्ज उपमहानगरपालिकामा भर्खर मात्र आएको छु, उनले भने–‘उद्योग धन्दासँग सम्बन्धीत उपमाहानगरको नीति तथा कार्यक्रम बारे खासै अध्ययन गर्न पाएको छैन, तर पनि सहयोग गर्न प्रतिवद्ध छु ।’

महासंघ नेपालगन्ज नगर समितीका बरिष्ठ उपाध्यक्ष सरस्वती मल्लको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन सत्रमा महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्णा पाठक, महासंघ बाँकेका पूर्व अध्यक्ष शेष कान्त शर्मा, कोहलपुर नगर समितीका अध्यक्ष हेम विक्रम जीसी, होटल ब्यावसायी महासंघ लुम्वीनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेलगायतले शुभकामना मन्तब्य दिएका थिए ।