बाँकेको ‘जिरो’मा भेटिएको बम सेनाद्वारा डिस्पोज


बाँकेको ‘जिरो’मा भेटिएको बम सेनाद्वारा डिस्पोज

राप्तीसोनारी (बाँके) ५ मंसिर : बाँकेको पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको खैरी खोला जंगलमा बेवारिसे भेटिएको बम आईतवार अप्राहन्न नेपाली सेनाले डिस्पोज गरेको छ ।

जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ मा पर्ने खैरीखोला देखि पाँच सय मिटर पश्चिम तर्फको जंगलमा शनिबार साँझ फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

राँझा स्थित नेपाली सेनाको ईमामनगर व्यारेकबाट खटिएको डिस्पोजल टोलीले अप्राहन्न सवा ४ बजे सुरक्षित रुपमा डिस्पोज गरेको प्रहरी चौकी अगैयाका प्रमुख असई खगेन्द्र केसीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सशस्त्र प्रहरी बलले बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको राप्तीसोनारी गाउँपालिका–८ ओभरी स्थित नेपाली सेनाको अर्जुनवाण गणलाई शनिबार साँझ खबर गरेकोमा नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त शंकास्पद बस्तु सकेट बम रहेको पुष्टी गरेको थियो ।

बम भएको पुष्टी भएपछि आईतबार बिहानैदेखि उक्त स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिईरहेको थियो । जंगलमा बेबारिसे भेटिएको बम द्वन्द्वकालको समयमा फालिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

१० वर्षे सशस्त्र द्वन्द्वको समयमा खैरी खोला आसपासमा तत्कालिन विद्रोही पक्ष माओवादी र सुरक्षाकर्मीबीच पटक–पटक भिडन्त हुने गरेको थियो । सोही स्थानमा बेवारिसे बम भेटिएकाले द्वन्द्वकालको समयमा फालिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । द्वन्द्वको बेला फालिएका र गाडिएका बम र हतियारहरु विभिन्न स्थानमा फेला पर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

बाँकेको ‘जिरो’मा बम भेटियो