नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि


नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालगन्ज ७ पुष : नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको देखा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय बृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन् ।

प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन् । उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन् ।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् । यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको उनको भनाइ छ । उनका अनुसार हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

संक्रमितमध्ये ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु भएको छ । पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ ।

थप समाचार

जमुनाह नाका भएर आएका ३ जनामा ‘ओमिक्रोन’को आशंका

नेपालसहित १०६ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

नेपालमा २ जनामा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

ओमिक्रोन देखिएका दुवैजना निको भए

 

भारतमा ‘ओमिक्रोन’ देखिएपछि नेपालगन्ज भन्सारमा स्वास्थ्य जाँचमा कडाई