नेपालसहित १०६ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट


नेपालसहित १०६ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

नेपालगन्ज ७ पुष : विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलिएको छ । मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आफ्नो साप्ताहिक रिपोर्टमा हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित १०६ मुलुकमा पुष्टि भएको जनाएको हो ।

विश्वभरको नमूना परीक्षणबाट डेल्टा नै प्रमुख भेरियन्टको रुपमा देखा परेको भए पनि ओमिक्रोन फैलिइरहेको हुँदा जोखिम सिर्जना भएको पनि संगठनको भनाइ छ ।

‘हालैका तथ्यले ओमिक्रोनका संक्रमित बृद्धि हुनेदर डेल्टाको भन्दा बढी भएको र जनसंख्याको इम्युनिटी क्षमता धेरै रहेका एवं समुदायमा संक्रमण फेला परेका मुलुकमा समेत तीव्र रुपमा फैलिइरहेको देखाउँछन्,’ डब्ल्यूएचओले भनेको छ ।

छिमकी मुलुक भारतमा समेत ओमिक्रोनका संक्रमित बढिरहेका छन् । भारतमा बुधबारसम्म यो भेरियन्टबाट २१३ संक्रमित भइसकेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय बृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन् ।

प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन् । उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन् ।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् । यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको उनको भनाइ छ ।

थप समाचार

जमुनाह नाका भएर आएका ३ जनामा ‘ओमिक्रोन’को आशंका

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

ओमिक्रोन भेरियन्ट रोक्न के गर्दैछ नेपाल ?

नेपालमा २ जनामा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

ओमिक्रोन देखिएका दुवैजना निको भए

ओमिक्रोन फैलिएको देशबाट आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम २४ घण्टामै स्थगित

भारतमा ‘ओमिक्रोन’ देखिएपछि नेपालगन्ज भन्सारमा स्वास्थ्य जाँचमा कडाई