फत्तेपुर क्यामपस प्रमुख बटालालाई बाघले झम्ट्यो


फत्तेपुर क्यामपस प्रमुख बटालालाई बाघले झम्ट्यो

जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटाला ।

नेपालगनज ३ पुष : बाँकेको जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख बाघको आक्रमणबाट बच्न सफल भएका छन् । क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडा नम्बर –५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख लोकमणी बटाला भाग्न सफल भएका हुन् ।

आलीनगर पुग्नैलाग्दा सडक बनाउने कम्पनीको छाप्रो रहेको स्थानमा हल्का ओरालोबाटोमा पछाडीबाट बाघले झम्टीन आयो । सेतोखरीसंग कुरा गर्दै उनले भने– ‘अन्य दिनको तुलनामा मोटरसाईकल अलि तिब्र गतिमा थियो त्यसैले बाघको पञ्जा मेरो शरिरमा पुगेन, मोटरसाईकलको चक्का छोप्ने भागमा परेर बाघ भुईमा पछारियो अनि म बाँच्न सफल भएँ ।’

बाघको पञ्जा मोटरसाईकलको पछाडी भागमा परेर मोटरसाईकल पनि अनब्यालेन्स भएर लड्न लागेपनि सम्हालिएर अझ तिब्र गतिमा कुदाएर भाग्न सफल भएको उनले सेतोखरीलाई बताए । यसअघि गोरधुईबाट सँधैं ५ बजे क्याम्पसमा क्लास लिन जाँदा कहिल्यै बाघ फेला नपारेको उनले अनुभव सुनाए ।

२०६३ सालबाट सँधै त्यहि जङ्गलको बाटोबाट ओहोरदोहर गर्दै आएका लोकमणीले भने– ‘बाघ निस्किन्छ भनेर सोबाटो हिड्ने दुधवालाहरुले भन्ने गरेको पनि सुनेको थिएँ तर, आज आफै बाघको आक्रमणबाट उम्किन सफल भएँ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

जनसिद्धेश्वर बहुमुखी क्याम्पसमा विहान ७ बजे स्टाफ मिटिङ, त्यसपछि भलिबल प्रतियोगिता र बिदाई कार्यक्रम रहेकाले शुक्रबार बेलुका नै क्याम्पसमा गएको र श्रीमतीलाई सुत्केरी ब्यथाले च्यापेको थाहा पाएर क्याम्पसको सबै कार्यक्रम छाडेर बिहान सबेरै घर आउँदै गर्दा बाघले आक्रमण गर्न खोजेको प्रमुख बटालालले बताए ।

घरमा आउँदा छोरो जन्मिएर एकतर्फ खुशी लागेको र बिहान बाघले आक्रमण गर्न खोजेको घटना सम्झिएर डर पनि लागिरहेको प्रमुख बटालाले अनुभव सुनाए ।

बाघको आक्रमणबाट बचेर आफुले पुर्नजन्म पाएको बताउँदै क्यम्पस प्रमुख बटालाले भने बाघले मलाई आक्रमण गर्नु र त्यही समयमा छोरोको जन्म हुनुले म बाँचे । छोरोको भाग्यले गर्दा मैले पुर्नजन्म नै पाए ।’ बाघको आक्रमणबाट बचेका क्याम्पस प्रमुखले आलीनगर ढलैयाको जङ्गगल क्षेत्रका बासिन्दालाई सजग भएर यात्रा गर्न सुझाव दिएकाछन् ।

पछिल्लो समय बाँकेमा बाघ आक्रमणको घटनामा बृद्धि हुदैँ गएकोछ । बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणको घटना बढ्दै गएकोहो । तर, यतिबेला बाँकेमा राष्ट्रिय निकुञ्ज बाहेक पनि राष्ट्रिय वनमा लगातार बाघ भेटिनुले बाँकेमा राष्ट्रिय निकुञ्ज सहित राष्ट्रिय वनमा बाघको आक्रमण र त्रास बढ्दै गएकोछ ।

यसअघि बाँकेको पूर्वी क्षेत्र नरैनापुरमा बाघले एक जना मान्छे र एउटा गाई खाएको थियो । कार्तिक २५ गते गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर– ४ पण्डितपुरुवाका लखन गडरिया र उनको एउटा गाईलाई बाघले खाएको हो । ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमका अनुसार नरैनापुरको पर्यटकस्थल गोर्बद्धन धामदेखि ५ किलोमिटर पूर्वपट्टी जङ्गलमा बाघले आधा खाएको अवस्थामा गडरियाको शव फेला परेको थियो ।

राष्ट्रिय जङ्गलमा समेत बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् । बाँकेको पूर्वी गाभरमा यही वर्षको भदौ अन्तिमतिर २ वटा बाघले एकजना भारतीय नागरिकलाई खाएको थियो । उक्त घटनापछि सो क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली परिचालन गरेकोछ । तर, अझैसम्म उक्त बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन ।

नरैनापुर क्षेत्रमा बाघ आक्रमणबाट मान्छे मृत्यु भएको यो सम्भवत पहिलो घटना हो । नरैनापुरमा बाघले मान्छे खाएको क्षेत्र आसपास पर्यटकस्थल गोर्बद्धन धाम, बरफानी बाबा समेत रहकोछ । नरैनापुरमा बाघ आक्रमणको घटना सेलाउन नपाउँदै नेपालगन्जदेखि पूर्व २०–२५ किमीको दूरीमा रहेको फत्तेपुरको आलीनगर क्षेत्रमा बाघ देखिएपछि यतिबेला सो क्षेत्रमा बाघको त्रास फैलिएकोछ ।

थप समाचार

पाटेबाघले मान्छे घेरेपछि ज्यान बचाउन रुखमा

पाटेबाघको आक्रमणबाट बच्न रुखमा चढेका तीन जनाको सकुसल उद्धार

बाँकेको नरैनापुरमा बाघले मान्छे खायो, स्थानीय त्रसित

मान्छे खाने २ वटा बाघ फेरि देखियो

मान्छे खाने पाटेबाघ निकुञ्जले समाउन सकेन

बाँकेपछि दाङको रिहार–अमिलिया सडकमा चितुवा र बाघको समूह फेला पर्यो

बर्दियामा बढ्दो बाघ आक्रमण : २३ जनाको मृत्यु, २५ जना घाइते

बाँके र बर्दिया कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरि बाघ गणना गरिदैँ