गुलरिया (बर्दिया) ५ माघ : भारतसंग खुल्ला सीमाना जोडिएको बर्दियामा पछिल्लो पटक कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
बर्दियामा हालसम्म पिसीआर टेस्टबाट २० हजार २ सय ५३ जना तथा एन्टिजेनबाट १० हजार ७ सय ६७ जना गरी जम्मा ३१ हजार २० जनामा गरिएको परीक्षणमा ९ हजार २ सय २१ जना कोरोना संक्रमण पाइएकोछ ।
संक्रमित मध्ये २९ वर्ष देखि ७८ वर्ष सम्मका २ सय ४३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले जानकारी दिए ।
उनका अनुसार हालसम्म कोभिड विरुद्धको भ्याक्सिन १८ वर्ष भन्दा माथिका ८४ प्रतिशत नागरिकले पहिलो खोप लगाइसकेकाछन् ।
साथै उनले १२ देखि १८ वर्ष सम्मका ४२ प्रतिशतले कोभिड विरुद्धको खोप लगाइसकेको बताए ।
कोरोनाको तेस्रो लहरको सुरुवाती चरणमा यतिबेला बर्दियामा परीक्षणको दायरा बढाइएकोछ । जिल्लाका स्थानीय पालिका तथा अस्पतालहरुमा कोभिड परीक्षणको दायरा बढाइएको छ । खुल्ला सीमानाका कारण भारतबाट नेपाल आउनेहरुमा समेत कोरोना संक्रमण बढि मात्रामा देखिन थालेपछि यतिबेला बर्दियामा कोरोनाको ग्राफ उकालो लागिरहेकोछ ।
थप समाचार
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति