बर्दियामा कोरोना संक्रमण दर उकालो लाग्यो


बर्दियामा कोरोना संक्रमण दर उकालो लाग्यो

गुलरिया (बर्दिया) ५ माघ : भारतसंग खुल्ला सीमाना जोडिएको बर्दियामा पछिल्लो पटक कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ ।

बर्दियामा हालसम्म पिसीआर टेस्टबाट २० हजार २ सय ५३ जना तथा एन्टिजेनबाट १० हजार ७ सय ६७ जना गरी जम्मा ३१ हजार २० जनामा गरिएको परीक्षणमा ९ हजार २ सय २१ जना कोरोना संक्रमण पाइएकोछ ।
संक्रमित मध्ये २९ वर्ष देखि ७८ वर्ष सम्मका २ सय ४३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले जानकारी दिए ।

उनका अनुसार हालसम्म कोभिड विरुद्धको भ्याक्सिन १८ वर्ष भन्दा माथिका ८४ प्रतिशत नागरिकले पहिलो खोप लगाइसकेकाछन् ।

साथै उनले १२ देखि १८ वर्ष सम्मका ४२ प्रतिशतले कोभिड विरुद्धको खोप लगाइसकेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोनाको तेस्रो लहरको सुरुवाती चरणमा यतिबेला बर्दियामा परीक्षणको दायरा बढाइएकोछ । जिल्लाका स्थानीय पालिका तथा अस्पतालहरुमा कोभिड परीक्षणको दायरा बढाइएको छ । खुल्ला सीमानाका कारण भारतबाट नेपाल आउनेहरुमा समेत कोरोना संक्रमण बढि मात्रामा देखिन थालेपछि यतिबेला बर्दियामा कोरोनाको ग्राफ उकालो लागिरहेकोछ ।

थप समाचार

बर्दियाका पत्रकार शर्मा कोरोना पोजेटिभ, घरमै आइसुलेट