बाँके र बर्दियामा भारतीय अपराधीको चुनौती यथावत

अपराधमा साना हतियार प्रयोग


बाँके र बर्दियामा भारतीय अपराधीको चुनौती यथावत

नेपालगन्ज १ फागुन : हामी सबैलाई थाहा भएको कुरा नेपाल–भारतबीच खुला सीमा छ । यहाँ दुवै देशका नागरिकलाई आउजाउमा कुनै रोकटोक छैन । दुबै देशले सीमामा आ–आफ्ना सुरक्षा संयन्त्र चुस्तदुरुस्त राखेकाछन् । यतिमात्र होइन दुवैदेशका सुरक्षा अंगबीच पटक–पटक अन्तरदेशीय अपराध तथा सुरक्षाका विषयमा बहस, छलफल हुनुका साथै संयुक्तरुपमा अपराध नियन्त्रणमा सक्रियता देखाइरहेका हुन्छन् ।

दुबै देशका सुरक्षा संयन्त्रले सुरक्षा निगरानी बढाइरहँदा पनि नेपालका अपराधी भारत र भारतका अपराधी नेपाल आएर अपराध गर्ने र लुक्ने गरेको पनि यो नयाँ विषय भने होइन । तर, यी समस्या र चुनौतीलाई समेत सुक्ष्मरुपमा पहिल्याउन नसक्दा नेपाल–भारत सीमा नाकामा अपराध र अपराधिक गतिविधि नियन्त्रण भने हुन सकेको छैन ।

बाँके प्रहरीले शनिबार दुई भारतीय अपराधीलाई कटुवा पेस्तोसहित नियन्त्रणमा लिएपछि पुनः बाँके र बर्दियाको सुरक्षामाथि प्रश्न उठेकोछ । केही समय अघि मात्र नेपाल र भारतका उच्च सरकारी ओहदाका अधिकृत, सुरक्षा निकायका प्रमुखबीच समेत नेपालगन्जमा नेपाल–भारतबीचको सुरक्षा, अपराध लगायतका विषयमा छलफल भएको थियो । यसले दुबै देशका सरकारसंगै सुरक्षा निकाय समेत गम्भीर भएको पुष्टि गरेता पनि सीमानाकासंग जोडिएको बाँके र बर्दियामा भारतीय अपराधीको अपराधमा कमि आउन सकेको छैन ।

अझ आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै यस्ता अपराधीक गतिविधिमाथि निगरानी बढाउन सकिएन भने सीमावर्ती जिल्लामा अपराधको स्वरुप जटिल बन्न सक्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital

कटुवा पेस्तोलसहित पक्राउ परेका दुई भारतीय अपराधीले बाँकेको खजुरा र बर्दियाको बढैयाताल गाउँपालिकामा पेस्तोल देखाएर लुटपात गरेका थिए । यी दुबै घटना स्थल भौगोलिक दूरीका हिसाबमा पनि नजिक छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार शनिबार जानकी गाउँपालिका वडा नम्बर–५ बुढिगाउँबाट ती भारतीय लुटेरालाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय खजुराखुर्दबाट खटेको प्रहरी टोलीले भारत रुपैडिहाको निबिया स्थित घर बताउने वर्ष २६ को डब्लु मनिहार र भारत बाबागंजको बाबाकुटी स्थित घर बताउने वर्ष २८ को निजामुद्दिन कवडियालाई नियन्त्रणमा लिन सफल भएको हो ।

भारतबाट नेपाल आएर बाँके र बर्दियामा लुटपातको श्रृङखला चलाइरहेका ती भारतीय लुटेरालाई यतिबेला प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएकोछ । अनुसन्धानपछि उनीहरुले गरेका अपराधका अन्य सिलसिला समेत बाहिर आउने प्रहरीको अनुमानछ ।

पक्राउ परेका लुटेराद्वाय डब्लु र निजामुद्दिनले गत पुष २९ गते बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर–८ सितलाबजार बस्ने पर्शुराम सार्कीको घरमा लुटपात गरेका थिए । उनीहरुले रातिको समयमा पेस्तोल देखाई पर्शुरामको घरबाट ३ लाख ३५ हजार बराबरको नगद र सुन लुटेका थिए ।

अनुहार छोपि कटुवा पेस्तोल देखाएर फिल्मी शैलीमा घरपरिवारलाई बन्धक बनाई लुटपातमा सक्रिय भारतीय लुटेराद्वय डब्लु र निजामुद्दिनले बर्दिया पछि माघ १७ गते राती बाँकेको खजुरा गाउँपालिका वडा नम्बर– ४ डी गाउँका हरिप्रकाश सुनार ‘पप्पु’को घरमा लुटपात गरे ।

घरका सबै सदस्यलाई बन्धक बनाई उनीहरुले बर्दियामा गरेको लुटपातकै शैली अपनाएर नगद ५० हजार र ३.५ तोला सुन तथा २२० सिसीको पल्सर मोटरसाईकल लुटेर फरार भएका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका लुटेराले खजुराका हरिप्रकाशको मोटरसाईल बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर–५, बढैयाताल नजिक रहेको पोखरीमा छाडेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

अपराधमा साना हतियार प्रयोग
बाँके प्रहरीको तथ्यांकले पनि बाँकेमा साना हातहतियारको विगविगी भएको देखाउँछ । लुटपाट, हत्या, बन्धक, धम्की लगायतका घटनामा यस्ता साना हातहतियार बढि प्रयोग हुने गर्छ ।

बोक्न, लुकाउन तथा सहजै रुपमा उपलब्ध हुने भएकाले पनि यस्ता हतियार अपराधमा बढि प्रयोग हुन्छ । बाँके प्रहरीको पछिल्लो ६ महिनाको तथ्यांकले पनि बाँकेमा साना हातहतियारको त्रास कायमै रहेको देखाउँछ ।

बाँके प्रहरीका अनुसार पछिल्लो ६ महिनामा ५ थान बन्दुक बरामद गरिएकोछ । वितेको ६ महिनाको अवधीमा बाँकेबाट ३ थान कटुवा पेस्तोल, एक थान एयरपेस्तोल, एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने ३ वटा छर्रासहित ४ जनालाई बाँके प्रहरीले पक्राउ गरि कारबाही गरेकोछ । यही अवधिमा गत वर्ष बाँकेबाट ५ थान भरुवा बन्दुक, ३ थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद भएको बाँके प्रहरीले जनाएकोछ ।

थप समाचार

खजुरामा ‘फिल्मी शैली’मा मौलाउँदो अपराध, कहिले बलात्कार त कहिले लुटपाट

बाँके प्रहरीद्वारा ६ महिनामै ९ करोड बढि राजस्व संकलन