File Photo
नेपालगन्ज ४ फागुन : अन्ततः नेकपा एमालेका संघीय सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी शिक्षिका बलात्कार गरेको आरोपमा बानियामाथि परेको जाहेरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेको हो ।
यही माघ २७ गते मात्रै जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले पीडित महिलाको जाहेरीको आधारमा फागुन २ गते सोमबार मात्रै बानियाँविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको बताए ।
सेतोखरीसंग कुरा गर्दै डिएसपी न्यौपानेले भने –‘सांसद न्यौपानेविरूद्ध पक्राउ पुर्जी जारी भएकोछ, हामी अनुसन्धानमै छौं ।’ उनले अगाडी थपे–‘अदालतले सांसद विरुद्ध पक्राउ पुर्जी जारी गरेको सदनमा जानकारी दिनुपर्ने प्रावधाअनुसार सभामुख तथा सदनलाई जानकारी दिइएको र अनुसन्धान जारी रहेको छ ।’
बानियाँले आफू निर्दोष रहेको भन्दै आफूलाई फँसाउने षडयन्त्र भइरहेको उनको दावी गरेकाछन् । उनले आफै प्रहरीमा उपस्थित हुने बताएका छन् ।
जुम्लाकी ती शिक्षिकाले आफूमाथि सांसद बानियाँले माघ १९ गते शुक्रबार दुईपटक बलात्कार गरेको आरोप लगाउँदै माघ २४ गते सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।
उनको जाहेरी पश्चात प्रहरीले घटनाको सुक्ष्म अध्ययन गरेपछि अन्ततः ढिलो गरि माघ २७ गते बिहीबार मुद्दा दर्ता गरेको थियो । बानियाँ विरुद्ध मुद्दा दर्ता गरेपनि बाँके प्रहरी पक्राउ पुर्जी कुरेको थियो ।
थप समाचार
एमाले सांसद बानियाँलाई पक्राउ गर्न पक्राउपूर्जी कुर्दै बाँके प्रहरी
‘एमाले सांसद बानियाँले होटलमा लगेर मलाई २ पटक बलात्कार गरे’
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?