गुलरिया (बर्दिया) ७ फागुन : विकास प्रेमि युवा समुह बर्दियाका अध्यक्ष गोपाल निरौलाले सकारात्मक सोँचका साथ कामको सुरुवात गर्नु पर्ने बताएकाछन् ।
बर्दियाको गुलरियामा शनिबार गुलरिया नगरस्तरिय विकास प्रेमि युवा समुहको गठन समारोहमा बोल्दै निरौलाले युवाहरु सकारात्मक सोँचका साथ काम गर्नु पर्ने र अनियमितता भ्रष्टाचार ढिलासुस्ती भएका गतिविधिमा निरन्तर खबरदारी र जनचेतना जगाउनु पर्ने बताए ।
उनले देश परिवर्तन गर्नका लागी पहिले आफ्नो गाँउ टोलमा हुने विकास निर्माण काम होस् वा अन्य काममा सकारात्मक सोँचका साथ साथ दिनुपर्ने धारणा राखे ।
गुलरिया नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष गिता बस्नेतले युवाहरु देशका खम्बा भएको हुँदा राजनीति भन्दा टाढा रहेर विकासमा टेवा पुर्याउँदै आएकोमा धन्यवाद दिदैं युवाहरुको मागलाई सम्बोधनका लागि जनप्रतिनिधि सधैं सकारात्मक हुनुपर्नेमा जोड दिइन् ।
विकास प्रेमि युवा समुह गुलरिया नगर समितिमा अध्यक्ष महेमुद सिद्धिकी, उपाध्यक्ष रमेशकुमार केसी, सचिव सन्तोष बहादुर शाही, सहसचिव सन्तोष थारु र कोषाध्यक्षमा बर्नि भण्डारी चयन भएका छन् । यसैगरी गया प्रसाद थारु, गणेश विश्वकर्मा, विमल थारु, अस्जल खान, बसन्त थारु, हनुमान लोध, बृजेश राय, लक्ष्मण भण्डारी, प्रमोद चन्द र सम्झना श्रीवास्तव सदस्य सहित १५ जनाको नगरसमिति चयन गरिएको हो ।
उद्घाटन समारोहमा समाजसेवि गेहेन्द्रप्रसाद ढकाल, सुधाकर मिश्र, राजिव कर्णं, रक्तदाता समुहका उपाध्यक्ष सन्तोष बास्तोला लगायतका वक्ताहरुले आ–आफ्ना धारणा राख्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी