वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा


वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा

नेपालगन्ज १५ फागुनः गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा निधन भएका भेरीगंगा नगरपालिकाका–१, सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ ।

नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । काठमाडौंस्थित बाँसबारी न्युरो अस्पतालमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको निधन भएको थियो ।

यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगंगा–१२, सुर्खेतस्थित राजीगाउँमा उनी सवार भे६प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगन्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश०२००१ख ०५४६ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी उपचारका क्रममा निधन भएका ३० वर्षीय वडाध्यक्ष कार्की वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । वि.सं. २०४८ मा जन्मिएका उनी सुर्खेत जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्षका रूपमा परिचित थिए । -रासस

Kanti Aarogya Hospital Nepalgunj

थप समाचार

वडाध्यक्ष निधनपछि तनावग्रस्त छिन्चु १२ घण्टापछि खुल्यो

वडाध्यक्षको निधनपछि छिन्चु तनावग्रस्तः बल प्रयोग गरेर सडक खुलाउने तयारी