बाँकेमा चुनौतीपूर्ण बन्दै साना हतियार

२ अटोमेटिक पेस्तोलसहित ६ दिनमा ६ जना पक्राउ


बाँकेमा चुनौतीपूर्ण बन्दै साना हतियार

नेपालगन्ज २३ फागुन : साना हतियारको विगविगी बढ्दै गएपछि बाँकेको सुरक्षा चुनौतीपूर्ण बन्दै गएकोछ । बाँके प्रहरीको तथ्यांकले पनि बाँकेमा साना हातहतियारको विगविगी भएको देखाउँछ । लुटपाट, हत्या, बन्धक, धम्की लगायतका घटनामा यस्ता साना हातहतियार बढि प्रयोग हुने गर्छ । बोक्न, लुकाउन तथा सहजै रुपमा उपलब्ध हुने भएकाले पनि यस्ता हतियार अपराधमा बढि प्रयोग हुन्छ ।

बाँके प्रहरीको पछिल्लो ६ महिनाको तथ्यांकले पनि बाँकेमा साना हातहतियारको त्रास कायमै रहेको देखाउँछ । बाँके प्रहरीका अनुसार पछिल्लो ६ महिनामा ५ थान बन्दुक बरामद गरिएकोछ ।

वितेको ६ महिनाको अवधीमा बाँकेबाट ३ थान कटुवा पेस्तोल, एक थान एयरपेस्तोल, एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने ३ वटा छर्रासहित ४ जनालाई बाँके प्रहरीले पक्राउ गरि कारबाही गरेकोछ ।

यही अवधिमा गत वर्ष बाँकेबाट ५ थान भरुवा बन्दुक, ३ थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद भएको बाँके प्रहरीले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

आसन्न स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा हप्तादिनमै स्वचालित (अटोमेटिक) पेस्तोलसहित ३ जना पक्राउ परेपछि बाँकेमा साना हतियारको खतरा बढेको स्वयम प्रहरीले स्वीकारेकोछ ।

जिल्लाको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका लागि प्रहरीले तदारुक्ता देखाइरहँदा अपराधी र अपराधजन्य कार्यमा संलग्न ब्यक्तिलाई पक्राउ गर्नु प्रहरीको सफलता भएपनि लगातार साना हतियारसहित ब्यक्ति पक्राउ पर्नुले साना हतियार बाँकेमा चुनौतीपूर्ण बन्दै गएकोछ ।

यसअघि माघ २९ गते शनिबार बाँकेको खजुरा र बर्दियाको बढैयाताल गाउँपालिकामा पेस्तोल देखाएर लुटपात गरेका भारत रुपैडिहाको निबिया घर भएका २६ वर्षका डब्लु मनिहार र भारत बाबागंजको बाबाकुटी घर भएका २८ वर्षका निजामुद्दिन कवडियालाई कटुवा पेस्तोलसहित बाँके प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिए लगत्तै बाँकेमा भारतका अपराधी कुनै न कुनै बहानामा आउने र अपराध गरेर फरार हुने गरेको तथ्य बाहिरियो ।

लगत्तै फागुन १७ गते नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१२ बेलासपुर निवासी २८ वर्षिय दीपेन्द्र अधिकारी, नेपालगन्ज–१८ कारकाँदो निवासी २२ वर्षिय शुसान्त केसी र लम्कीचुहा नगरपालिका–३ कैलालीका ३२ वर्षिय द्वारीका उपाध्यायलाई मेडईन यूएस लेखिएको अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलमा लोड गरिएको ७ थान गोली, उक्त पेस्तोलमा प्रयोग हुने २ थान गोली, खुँडा एक थान र २ थान नक बरामद गरेको थियो ।

साना हतियारसहित ३ जना पक्राउ परेको घटना सेलाउन नपाउँदै पुनः बाँके प्रहरीले एउटा अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ गरेकोछ ।

फागुन २२ गते सोमबार बेलुका ७ः२५ बजे खजुरा गाउँपालिका–१ बहादुरपुरका २५ वर्षीय रविन्द्र थापा, खजुरा–२ का २७ वर्षीय मनिष थापा र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० भृकुटी नगर बस्ने २८ वर्षीय सुरेश रोकामगर एउटा अटोमेटिक पेस्तोल र ९० ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

पक्राउ परेका रविन्द्रले आफ्नै घरबाट लागूऔषधको कारोबार गरिरहेको सूचना पाएको प्रहरीले चेकजाँच गर्दा ९० ग्राम लागूऔषध ब्राउन सुगर र कालो रंगको म्याग्जिन भएको अटोमेटिक पेस्तोल बरामद गरेको हो ।

थप समाचार

बाँके र बर्दियामा भारतीय अपराधीको चुनौती यथावत

अटोमेटिक पेस्तोल सहित ३ जना पक्राउ