होलीको दुई दिनमा ४ दुर्घटना, १७८ चालक कारबाहीमा


होलीको दुई दिनमा ४ दुर्घटना, १७८ चालक कारबाहीमा

File Photo

नेपालगन्ज ६ चैत्र : होलीको दुई दिनमै बाँकेका १७८ वटा सवारी साधन चालक कारबाहीमा परेकाछन् । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार होली लक्षित ट्राफिक ब्यवस्थापनका क्रममा १७८ सवारी साधनका चालक कारबाहीमा परेका हुन् ।

होलीको दुई दिन अर्थात चैत्र ३ र ४ गते ट्राफिक कारबाहीमा परेका यी सवारीधनीबाट एक लाख राजश्व उठेकोछ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख हिमालय शाहका अनुसार चैत्र ३ गते ट्राफिक नियम उल्लङ्घन गर्ने ८३ वटा सवारी साधन कारबाहीमा परेका थिए । कारबाहीमा परेका यी सवारी सधानबाट ४३ हजार रुपैयाँ जरिवाना असुल गरिएकोछ ।

यस्तै चैत्र ४ गते कुल ८० वटा सवारी साधन कारबाहीमा परेका थिए । ८० वटा सवारी साधन कारबाही स्वरुप ४२ हजार राजश्व संकलन भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै यही अवधिमा मापसे गरि सवारी साधन चलाउने १५ सवारीसाधनलाई कारबाही गरिएको बाँके ट्राफिक प्रमुख शाहले जानकारी दिए । मापसे गरि सवारी साधन चलाउने १५ जनाबाट कारबाही स्वरुप १५ हजार राजश्व संकलन गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख शाहका अनुसार होलीको दुई दिनमा १७८ सवारी साधन कारबाही गर्दा कुल एक लाख राजश्व संकलन भएको बताए ।

उनका अनुसार यही अवधि अर्थात चैत्र ३ र ४ गते बाँकेमा ४ वटा साना दुर्घटना भएकाछन् । उक्त दुर्घटनामा ६ जना सामान्य घाइते भएकाछन् । होलीका दिन नेपालगन्जमा–२, कोहलपुरमा–१ र कुसुममा– १ सडक दुर्घटना भएकाछन् । यद्यपी मानवीय क्षत भएको छैन ।

नेपालगन्जमा भएको सडक दुर्घटनामा साईकलमा सवार नेपाल प्रहरीका एक जना, पैदल यात्रु एक जना, कोहलपुरमा डेलिभरी भ्यान र मोटरसाईकल ठोक्किदा एक जना, कुसुममा एम्बुलेन्स र ट्रक ठोक्किदा ३ जना घाइते भएका हुन् ।

थप समाचार

‘ज्यानमारा’ नेपालगन्ज–कोहलपुर सडक : ३५ दुर्घटना २४ जनाको मृत्यु