दुई पटक उपाधी जितेको नेपाल पुलिसले फेरि उपाधी जोगाउन सकेन

डायमण्डसंग आर्मीले लियो बदला


दुई पटक उपाधी जितेको नेपाल पुलिसले फेरि उपाधी जोगाउन सकेन

नेपालगन्ज १४ चैत्र : भारतको हरियाणा स्पोर्टस् क्लब आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पिएम कपमा पहिलोपटक आएको हरियाणा स्पोर्टस् क्लबले आठौं संस्करमा सफलता प्राप्त गर्न सफल भएको हो । त्यसो त भारतको रेल्वे टिम इण्डियाका खेलाडी सम्मलित हरियाणा प्रतियोगिताको सुरुवातदेखि नै आक्रमक खेल प्रस्तुत गरेको थियो ।

उपाधि दोहो¥याउने आँटका साथ कोर्टमा उत्रिएको नेपाल पुलिस क्लब हरियाणा स्पोर्टस् क्लबका खेलाडिको आक्रमक प्रस्तुतीका अगाडी केही चलेन । प्रतियोगिताको छैठौं संस्करणमा एपिएफलाई हराएको पुलिस सातौं संस्करणमा एपिएफसंग हारेको थियो । सातौंमा उपाधि चुम्न निकै कसरत गरेपनि अन्तिम समयमा पुलिस उपाधि चुम्नबाट बञ्चित भएको थियो । सातौं संस्करणमा दोस्रो भएको पुलिस आठौं संस्करणमा उपाधि चुम्ने भरपुर प्रयासका साथमा मैदानमा उत्रिएको थियो । विडम्बना यसपटक भारतबाट आएको हरियाणा स्र्पोटस क्लब पुलिसका लागि बाधक बन्यो । उपाधि रक्षा गर्न नसकेको पुलिसलाई दोस्रो स्थानमा चित्त बुझाउनु प¥यो ।

नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा निकै नै प्रतिस्प्रर्धात्मक र रोमाञ्चित खेल भएको थियो । खेलमा राम्रो प्रतिस्पर्धा गरेपनि पुलिसले कुनै सेट भने जित्न सकेन । सुरुवाती देखिनै उत्कृष्ट प्रतिस्पर्धा भएको खेलमा पुलिसले अन्तिम समयमा समेत जित निकाल्न सकेन । हरियाणाले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

तेस्रो सेटमा पनि दुबै टोलीले सुरुवात देखिनै उच्च प्रतिस्पर्धा गरेका थिए । पुलिसले हरियाणाका खेलाडिमाथि आफ्नो दवदवा कायम गरिरहँदा उपाधि जित्ने सम्भावना अझैं जिवत रहेको देखिन्थ्यो । तर, त्यसलाई निरन्तरता दिन सकेन ।

पुलिसको खेल र खेलाडीको प्रस्तुतीलाई सुक्ष्मरुपमा नियालेको हरियाणाले जित हाँसिल गरेको हो । निकै नै प्रतिस्पर्धात्मक फाइनल खेलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो ।

लिग चरणमा पनि हरियाणाले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ ।

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको पहिलो चरणमै उपाधी जितेको नेपाल पुलिसले छैठौं संस्करणमा एपीएफलाई हराउँदै उपाधि जितेको थियो । यसअघिको सातौं संस्करणमा एपिएफसंग हारेको पुलिसले आठौं संस्करणमा उपाधिका लागि भारतीय टिम हरियाणा स्पोर्टस् क्लब संग हार ब्यहोर्नु परेको हो । निकै नै आक्रमक र रोमाञ्चित खेल भएपनि पुलिस सोझो सेटमा हा¥यो ।

त्यसअघि सोमबार नै न्यू डायमण्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

योसँगै आर्मीले डायमण्डलाई लिग चरण र नकआउट चरण दुवैमा पराजित गर्दा आर्मी सफल भयो । तेस्रो भएको आर्मीले १ लाख रुपैया प्राप्त गरेको छ । चौथो भएको डायमण्डले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

यसअघि सातौं संस्करणमा डायमण्डसंग हारेको आर्मीले आठौं संस्करणमा आफ्नो बदला लिएकोछ । सातौं संस्करणमा चौथो स्थानमा चित्त बुझाएको आर्मीले डायमण्डलाई हराउँदै आठौं संस्करणमा तेस्रो स्थान लिन सफल भयो ।

त्यसो त प्रतियोगिताको आठौं संस्करणसम्म आइपुग्दा यसपटक डायमण्डले उपाधि जित्ने धेरैले अपेक्षा गरेका थिए । तर, डायमण्डले उत्कृष्ट खेल प्रस्तुत गर्दा गर्दै असफल बन्यो ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इण्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यस संस्करणमा एपीएफले भाग लिएको छैन ।

यही १० चैतबाट शुरु भएको प्रतियोगितामा नेपालका दुई विभागीयसहित ४ र भारतका दुईसहित ६ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणा, पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, ओलम्पियन दीपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कोषाध्यक्ष आङबाबु लामा, युक्यानका सिइओ राजन महर्जन, सगरमाथा सिमेन्टका प्रतिक अधिकारी, भैरवप्रसाद गणका गणपती जनमत कार्कीलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरेका थिए ।

सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको प्रधानमन्त्री कपमा बैंकिङ पार्टनर राष्ट्रिय बाणिज्य बैंक, किट पार्टनर युक्यान, हस्पिटालिटी पार्टनर होटल सेन्टर प्लाजा, फुड पार्टनर मिठो छ, आइपिएस पार्टनर भायोनेट, थिम पार्टनर युएनडिपी रहेका थिए । मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ प्रतियोगिताको सद्भावना दुत रहेकी थिइन् ।

बाँकेले पहिलो पटक प्रधानमन्त्री पाउँदा तत्कालिन प्रधानमन्त्री शुसील कोइरालाका पालादेखि प्रधानमन्त्री कप भलिबल प्रतियोगिता आयोजना गरिदैं आएको हो ।

हरियाणाकी निर्मल सर्वोत्कृष्ट खेलाडी, आयोजक लुम्बिनी युनाइटेड पुछारमा

आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा निर्मल सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । हरियाणा स्पोर्टस् क्लबकी निर्मल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेकी निर्मलले सर्वोत्कृष्ट खेलाडी चुनिदैँ जनही २५ हजार पुरस्कार प्राप्त गरिन् ।
यस्तै प्रतियोगितामा विधागततर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी शान्ति कुमारी थारु उत्कृष्ट स्पाइकर घोषित भइन् ।

हरियाणा स्पोर्टस क्लबकी रुक्सना उत्कृष्ट सेटर र हरियाणाकै न्यान्सी उत्कृष्ट ब्लकर घोषित भइन् । यस्तै नेपाल पुलिसकी कमला पुन उत्कृष्ट सर्भर घोषित हुँदा नेपाल पुलिसकै शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भइन् । भने नेपाल पुलिसकै प्रशिक्षक रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । सातौं संस्करणमा एपिएफका महेश चौधरी प्रतियोगता उत्कृष्ट प्रशिक्षक चुनिएका थिए ।

यसअघि सातौं संस्करणको प्रतियोगितामा नेपाल पुलिसकी युवा स्टार उषा भण्डारी प्रतियोगिताकै उत्कृष्ट स्पाइकर घोषित भएकी थिइन् । भने पुलिसकी कमला पुन उत्कृष्ट सेटर घोषित भएकी थिइन् ।

सातौं संस्करणमा न्यू डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो र डायमण्डकै प्रतिभा माली उत्कृष्ट सर्भर घोषित हुँदा यसपटक डायमण्डका कुनै पनि खेलाडीले विद्यागत उपाधि हात पार्न सफल भएनन् । नियमित झैं यसपटक पनि आयोजक स्थानीय टिम लुम्बिनी युनाइटेड पुछारमा समेटिन पुग्यो । योसंगै विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी तथा प्रशिक्षकले समान ५–५ हजार राशी पुरस्कार प्राप्त गरेकाछन् ।

 

थप समाचार

उपाधीका लागि नेपाल पुलिस र भारतको हरियाणा क्लबबीच प्रतिस्पर्धा हुने

हरियाणा र त्रिभुवन आर्मी समुह विजेता बन्दै सेमीफाइनलमा

हरियाणा र न्यू डायमण्डको जित

पुलिस र आर्मीको विजयी शुरुवात

विभागीय क्लबलाई सधैं टक्कर दिने न्यू डायमण्ड उपाधी जित्ने दाउमा

खेलाडी चोटग्रस्त भएपछि साविक विजेता एपीएफ सहभागि भएन

दुई भारतीयसहित ६ टिमले प्रतिस्प्रर्धा गर्दै