उपाधीका लागि नेपाल पुलिस र भारतको हरियाणा क्लबबीच प्रतिस्पर्धा हुने


सेतोखरी सेतोखरी   आइतबार, चैत १३, २०७८
उपाधीका लागि नेपाल पुलिस  र भारतको हरियाणा क्लबबीच प्रतिस्पर्धा हुने

नेपालगन्ज १३ चैत्र : आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भारतको हरियाणा स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन आईतबार हरियाणाले न्यू डायमण्ड एकेडेमीलाई र पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।

प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा हरियाणाले न्यू डायमण्डलाई २५–१७, २५–१५, २३–२५ र २५–१६ ले हराएको थियो । न्यू डायमण्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित भएकी थिइन् ।

दोस्रो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २५–२३, र २८–२६ ले हराएको थियो । पुलिसकी कामना विष्ट प्लेयर अफ दी म्याच घोषित भइन् । उनलाई श्री भैरवप्रसाद गणका गणपती जनमत कार्की, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीपक छाजेड, पिएम कपका सल्लाहकार रेवती सिंह र अन्तर्राष्ट्रिय स्पोर्टस् ब्राण्ड युक्यानको नेपालका लागि आधिकारिक विक्रेता सिटिएलकी निर्देशक शान्ति महर्जनले कामनलाई पुरस्कृत गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

तेस्रो स्थानका लागि आर्मी र एकेडेमी बीच सोमबार ११ः०० बजे तथा हरियाणा र पुलिसबीच दिउँसो १ः०० बजे फाइनल हुनेछ ।

नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इण्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यसपटक एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।

थप समाचार

हरियाणा र त्रिभुवन आर्मी समुह विजेता बन्दै सेमीफाइनलमा

हरियाणा र न्यू डायमण्डको जित

पुलिस र आर्मीको विजयी शुरुवात

विभागीय क्लबलाई सधैं टक्कर दिने न्यू डायमण्ड उपाधी जित्ने दाउमा

खेलाडी चोटग्रस्त भएपछि साविक विजेता एपीएफ सहभागि भएन

दुई भारतीयसहित ६ टिमले प्रतिस्प्रर्धा गर्दै