हरियाणा र त्रिभुवन आर्मी समुह विजेता बन्दै सेमीफाइनलमा


हरियाणा र त्रिभुवन आर्मी समुह विजेता बन्दै सेमीफाइनलमा

नेपालगन्ज १२ चैत्र : आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमीफाइनल खेल निकै भिडन्त हुने भएको छ । हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब आ–आफ्नो समुहबाट विजेता बन्दै सेमीफाइनल यात्रा तय गरेका हुन् ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिवार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो ।

उक्त खेलमा हरियाणाकी ११ नम्बर जर्सीकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद(साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् ।

उनलाई नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य शशी स्वाँर, बागेश्वरी क्युएफएक्स सिनेमाका म्यानेजर सञ्जीव शाक्य , सुपरभिजन केवल टिभीका सञ्चालक विनोद अग्रहरी र ह्याण्ड बलका राष्ट्रिय खेलाडी रोशन श्रेष्ठले पुरस्कृत गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

हरियाणा पुल ‘ए’ विजेता बन्दै सेमीफाइनल प्रवेश गरेको हो । सेमीफाइनलमा हरियाणाले न्यू डायमण्ड एकेडेमीसँग खेल्नेछ ।

त्यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भारतीय टिम एकलव्य स्पोर्ट्स कम्प्लेक्सलाई २५–१२, २५–१२ र १५–१२ ले हरायो ।

उक्त खेलमा त्रिभुवन आर्मीकी संगम महतो प्लेयर अफ द म्याच भइन् । उनलाई होटल सेन्ट्रल प्लाजाका मार्केटिङ म्यानेजर रमेश पाठक, भायोनेटका म्यानेजर भानु रेग्मी, नेपाल भलिबल संघका केन्द्रिय सदस्य रीता कोइराला र नेपालगन्ज उपमहानगरपालिका सदस्य तरुण बज्राचार्यले पुरस्कृत गरे ।

आर्मी पनि पुल ‘बी’ तर्फ विजेताको हैसियतमा पुल ‘ए’ को उपविजेता नेपाल पुलिससँग खेल्नेछ ।

आईतबार पहिलो सेमीफाइनल हरियाणा र न्यू डायमण्ड तथा दोस्रो सेमीफाइनल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । सोमवार दिउँसो फाइनल खेल हुनेछ ।

नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपालपुलिस क्लब, दोस्रोमाएपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यसपटक एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।

थप समाचार

हरियाणा र न्यू डायमण्डको जित

पुलिस र आर्मीको विजयी शुरुवात

विभागीय क्लबलाई सधैं टक्कर दिने न्यू डायमण्ड उपाधी जित्ने दाउमा

खेलाडी चोटग्रस्त भएपछि साविक विजेता एपीएफ सहभागि भएन

दुई भारतीयसहित ६ टिमले प्रतिस्प्रर्धा गर्दै