नेपालगन्ज १२ चैत्र : आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमीफाइनल खेल निकै भिडन्त हुने भएको छ । हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब आ–आफ्नो समुहबाट विजेता बन्दै सेमीफाइनल यात्रा तय गरेका हुन् ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिवार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो ।
उक्त खेलमा हरियाणाकी ११ नम्बर जर्सीकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद(साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् ।
उनलाई नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य शशी स्वाँर, बागेश्वरी क्युएफएक्स सिनेमाका म्यानेजर सञ्जीव शाक्य , सुपरभिजन केवल टिभीका सञ्चालक विनोद अग्रहरी र ह्याण्ड बलका राष्ट्रिय खेलाडी रोशन श्रेष्ठले पुरस्कृत गरे ।
हरियाणा पुल ‘ए’ विजेता बन्दै सेमीफाइनल प्रवेश गरेको हो । सेमीफाइनलमा हरियाणाले न्यू डायमण्ड एकेडेमीसँग खेल्नेछ ।
त्यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भारतीय टिम एकलव्य स्पोर्ट्स कम्प्लेक्सलाई २५–१२, २५–१२ र १५–१२ ले हरायो ।
उक्त खेलमा त्रिभुवन आर्मीकी संगम महतो प्लेयर अफ द म्याच भइन् । उनलाई होटल सेन्ट्रल प्लाजाका मार्केटिङ म्यानेजर रमेश पाठक, भायोनेटका म्यानेजर भानु रेग्मी, नेपाल भलिबल संघका केन्द्रिय सदस्य रीता कोइराला र नेपालगन्ज उपमहानगरपालिका सदस्य तरुण बज्राचार्यले पुरस्कृत गरे ।
आर्मी पनि पुल ‘बी’ तर्फ विजेताको हैसियतमा पुल ‘ए’ को उपविजेता नेपाल पुलिससँग खेल्नेछ ।
आईतबार पहिलो सेमीफाइनल हरियाणा र न्यू डायमण्ड तथा दोस्रो सेमीफाइनल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । सोमवार दिउँसो फाइनल खेल हुनेछ ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपालपुलिस क्लब, दोस्रोमाएपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यसपटक एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।
थप समाचार
विभागीय क्लबलाई सधैं टक्कर दिने न्यू डायमण्ड उपाधी जित्ने दाउमा
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए