बर्दिया र बाँकेमा दुर्घटनाः २ जनाको मृत्यु ४ जना घाइते


बर्दिया र बाँकेमा दुर्घटनाः २ जनाको मृत्यु ४ जना घाइते

बर्दिया ४ बैशाख : बर्दिया र बाँकेमा भएका अलगअलग दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका–८ पिसिओ चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा ठाकुरबाबा नगरपालिका–१ भुरिगाँउका ५० वर्षिय कर्णबहादुर थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको से ७ प ५६९० नम्बरको मोटरसाईकल बिपरित दिशाबाट आउँदै गरेको भे ६ प ५०२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा गम्भीर घाइते भएका थापाको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठाकुरबाबा– १ भुरिगाँउ निवासी ३५ वर्षिय चन्द्रा थापाको नेपालगन्ज तथा बझाङ छलारा गाँउपालिका–८ का २० वर्षिय विसाल जोशी र सोही स्थानका नरदेव जोशीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
दुवै मोटरसाइकल तिव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी बाँकेको कोहलपुरमा टयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

कोहलपुर नगरपालिका–२ पिपरी नजिकै सुर्खेतबाट कोहलपुरतर्फ जादैँ गरेको मे २ प ९३० नम्वरको ट्याकटरले सोहि दिशाबाट आइरहेको भे ७ प ५४४६ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बैजनाथ गाँउपालिका–४ का ४० वर्षिय रेशम डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार सोहि स्थानका ३२ वर्षिय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् । ओलीको उपचार चलिरहेको छ । प्रहरीले ट्याक्टर चालक बैजनाथ गाँउपालिका–२ का २२ वर्षिय रेशम बोहरालाई नियन्त्रणमा लिएको छ ।