नेपालगन्ज २४ वैशाख : यामाहा मोटरसाईकलको आधिकारिक डिलर बर्दिया अटो इन्टरनेशनल प्रालि नेपालगन्जले शनिबार माइलेज च्यालेन्ज प्रतियोगिता सम्पन्न गरेकोछ ।
‘यामाहा रे जेड आर माइलेज च्यालेन्ज’ प्रतियोगितामा कोहलपुरका सौगात जिसी प्रथम भएका छन् । यस्तै नेपालगन्जका जुना विसी र राजेश्वर ज्ञवाली द्वितिय र तृतिय भएको एरिया सेल्स म्यानेजर प्रेम सुवेदीले जानकारी दिए ।

नेपालगन्जको कारकाँदोदेखि हवल्दारपुरभएर पुनः नेपालगन्जको ट्राफिक चोक पुगी कारकाँदो स्थित डिलरमा प्रतियोगिता सम्पन्न भएको थियो । यामाहाको रे जेड आर १२५ एफआई स्कुटरबाट गरिएको माइलेज च्यालेन्जमा न्यूनतम प्रतिलिटर ६७ र अधिकतम ८५ किलोमिटरको माइलेज मापन गरिएको थियो ।

कुल २५ जना सहभागि प्रतिस्प्रर्धामा विजयीहुनेलाई सर्टिफिकेट, पानस र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यामाहा कम्पनीले पछिल्लो समय इन्धन कम खपत हुने र धेरै माइलेज दिनेजस्ता अत्याधुनिक विशेषतायुक्त स्कुटर र मोटरसाईकल बजारमा ल्याएकोछ । नेपाली बजारमा लोकप्रिय यामाहका दुई पाङ्ग्रे सवारीसाधनको आधुनिक डिजाईन, कम्र्फटेबल, बलियो पाटर््स सबै वर्गलाई सुहाउने हुदाँ लोकप्रिय छन् ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति