यामाहाको माइलेज च्यालेन्जमा सौगात विजयी


यामाहाको माइलेज च्यालेन्जमा सौगात विजयी

नेपालगन्ज २४ वैशाख : यामाहा मोटरसाईकलको आधिकारिक डिलर बर्दिया अटो इन्टरनेशनल प्रालि नेपालगन्जले शनिबार माइलेज च्यालेन्ज प्रतियोगिता सम्पन्न गरेकोछ ।

‘यामाहा रे जेड आर माइलेज च्यालेन्ज’ प्रतियोगितामा कोहलपुरका सौगात जिसी प्रथम भएका छन् । यस्तै नेपालगन्जका जुना विसी र राजेश्वर ज्ञवाली द्वितिय र तृतिय भएको एरिया सेल्स म्यानेजर प्रेम सुवेदीले जानकारी दिए ।

नेपालगन्जको कारकाँदोदेखि हवल्दारपुरभएर पुनः नेपालगन्जको ट्राफिक चोक पुगी कारकाँदो स्थित डिलरमा प्रतियोगिता सम्पन्न भएको थियो । यामाहाको रे जेड आर १२५ एफआई स्कुटरबाट गरिएको माइलेज च्यालेन्जमा न्यूनतम प्रतिलिटर ६७ र अधिकतम ८५ किलोमिटरको माइलेज मापन गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

कुल २५ जना सहभागि प्रतिस्प्रर्धामा विजयीहुनेलाई सर्टिफिकेट, पानस र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यामाहा कम्पनीले पछिल्लो समय इन्धन कम खपत हुने र धेरै माइलेज दिनेजस्ता अत्याधुनिक विशेषतायुक्त स्कुटर र मोटरसाईकल बजारमा ल्याएकोछ । नेपाली बजारमा लोकप्रिय यामाहका दुई पाङ्ग्रे सवारीसाधनको आधुनिक डिजाईन, कम्र्फटेबल, बलियो पाटर््स सबै वर्गलाई सुहाउने हुदाँ लोकप्रिय छन् ।