तारा एयरको विमान दुर्घटना : भेटियो ब्ल्याक बक्स, थप १० जनाको शव काठमाण्डौं ल्याइदैँ


तारा एयरको विमान दुर्घटना : भेटियो ब्ल्याक बक्स, थप १० जनाको शव काठमाण्डौं ल्याइदैँ

नेपालगन्ज १७ जेठ : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटना भएको थियो ।

विमान दुर्घटनापछि उद्धारका लागि गएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले विमानको ब्ल्याक बक्स भेटाएको हो । उद्धारका लागि खटिएको सात टोलीमध्येका एकले ब्ल्याक बक्स भेटिएको जानकारी दिएका हुन् ।

दुर्घटनामा परेको विमानको ब्ल्याक बक्सलाई प्राथमिकताका साथ खोजिन्छ । दुर्घटनामा पर्नुअघि पाइटले गरेको कुरानकानी उक्त बक्समा रेकडेड हुने भएका कारण पनि यसलाई प्राथमिकताका साथ खोज्ने गरिएको हो ।

यसैबीच, मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आईतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज (मङ्गलबार) बिहान कोवाङ ल्याइएको छ । हराइरहेको एकजनाको शव अझैं भेटिएको छैन ।

Kids Festival 2022
kanti aarogya hospital
add

मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो । मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको जानकारी दिए ।

सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट १० जनाको शव काठमाडौं ल्याइएको थियो । घटनास्थलबाट कोवाङ ल्याइएका थप १० जनाको शवलाई पनि आज (मङ्गलबार) नै काठमाडौं ल्याउने तयारी गरिएकोछ ।

तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आईतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।

करीब १०० नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयबासी घटनास्थल पुगेका थिए । अरु फर्किए पनि सेना र प्रहरीको १४ जनाको उद्धारको तालिम प्राप्त सुरक्षाकर्मी सानोसरेमा पाल टाँगेर बसेका थिए ।
विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको देखिन्छ । शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए ।

सोमबार बिहान ७ बजेतिर यार्सागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडिओ पठाएका थिए ।

थप समाचार

तारा एयरको विमान दुर्घटना : रतिशचन्द्रको नेतृत्वमा ५ सदस्यीय छानबिन आयोग गठन

तारा एयर विमान दुर्घटना : ज्यान गुमाउने यी हुन चालक दलसहित यात्रु

तारा एयरको विमान दुर्घटना : १४ जनाको शव पोष्टमार्टम गर्न काठमाण्डौं लगिने

सम्पर्कविहनी भएको तारा एयरको विमान भेटिएन, खोजी कार्य स्थगित

विमान बेपत्ता अपडेट : लेते क्षेत्रमा २ पटक घुमेको थियो