शनिबारको त्यो चक्रवती हावा हुरीले निम्त्याएको वितण्डता...


शनिबारको त्यो चक्रवती हावा हुरीले निम्त्याएको वितण्डता...

गुलरिया(बर्दिया) ३१ जेठ : शनिवारको दिन दिनभर चर्को गर्मीका कारण मानिसहरुको चहल पहल न्यून थियो । बजार लगायतका क्षेत्रमा सर्वसाधरणको उपस्थिती न्यून भएकाबेला करिब ४ बजेतिर एक्कासी आएको हावा हुरीका कारण बर्दियामा एक जना बालकको ज्यान गयो । भने दर्जनौं मानिस घाइते हुनुका साथै करोडाँै रुपैयाँको क्षति भयो ।

जेठ महिनाको प्रचण्ड गर्मी बजारमा मानिसहरुको चहल पहल न्यून देखिन्छ । विहान र बेलुकाको समयमा मानिसहरु किनमेलका लागि बजारमा बजार जाने गरेकाछन् ।

लामो समयदेखि पानि नपरेका कारण मानिसको जनजिवन प्रभावित बनिरहेका बेला बर्दियामा शनिबार एक्कासी पश्चिम क्षेत्रबाट आएको चक्रावती हावा हुरीकारण मधुवन नगरपालिका ७ का १२ वर्षिय अमृत थापाको मत्यु भयो । अन्य दर्जनौं मानिसहरु घाइते भएका छन् ।

करिब ३० मिनेटसम्म आएको चक्रवती नामक हावाहुरीका कारण घर भित्र बसेका ति बालकको घरको पर्खाल भत्किएर च्यापिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

हावाहुरीले बर्दियामा हजारौं घर भत्काएको खबर आए पनि तथ्याङ्क संकलन भैरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताए । शनिवारको हावा हुरीका कारण घाइते भएका ११ जना मध्ये २ जनाको नेपालगन्जमा उपचार भैरहेको छ । भने अन्य ९ जना उपचारपछि घरफर्किएका छन् ।

हावाहुरीकै कारण बर्दियाका २ सय ४ वटा घर गोठ पुर्णरुपमा क्षति भएको छ । ढकालका अनुसार ७ सय ७६ घर आंशिक रुपमा क्षति भएका छन् । भने सामान्य क्षति ८७ घर गोठ भएका छन् । सोहि हावा हुरीका कारण भएको आगलागीबाट लाखौं रुपैयाँको पनि क्षति भएको छ ।

विद्युतको तार सर्ट हुँदा गुलरिया नगरपालिका– ८ का बालकराम लोधको घरमा रहेको नगद एक लाख ५० हजार रुपैयाँ जलेर नष्ट भएको छ । अघिल्लो दिन बैंकबाट ऋण निकालेका लोधले घरमा उत्पादन गरेको तरकारी बेच्नको लागी स्थानीय तरकारी हाट बजारमा गएका बेला घरमा आगलागी भएको थियो ।

स्थानीयवासीहरुका अनुसार यस्तो किसमको हावा हुरी धेरै वर्षपछि आएको हो । अहिले स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयबाट क्षतिको विवरण संकलनको कार्य चलिरहेको छ ।

यस्तै सोही दिन यता बाँकेको नेपालगन्जमा रहेको नापी शाखाको कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण कागजात, कम्प्युटर लगायतका सामाग्री पुर्णरुपमा जलेर नष्ट भएकोछ ।

हावाहुरीका कारण नापी शाखा कार्यालयमा विद्युत सर्ट भइ शनिबार बेलुका करिब ७ बजेतिर भएको आगलागीका कारण कार्यालयको मुख्य कम्प्युटर अपरेटिङ्ग सिस्टम ध्वस्त हुनुका साथै महत्वपूर्ण कागजात, फर्निचर जलेर नष्ट भएको कार्यालयले जनाएकोछ । आगलागी लगत्तै पुगेको दमकल, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीका कारण भएको क्षतिले पुनः सेवा सुचारु हुन समय लाग्ने भन्दै नापी शाखा कार्यालय अर्को सूचना जारी नगर्दासम्म सेवा प्रवाह हुन असमर्थ भएको जनाएकोछ ।