संरचनाहरु असुरक्षित, दर्जन बालबालिका दुर्घटनाको सिकार
नेपालगन्ज १९ साउन : बाँकेको हवल्दारपुर स्थित ह्याप्पी वर्ल्ड फन पार्कमा खेल्न जान ज्यानको खतरा रहेकोछ । हप्तैपिच्छे खेल्न गएका बालबालिकाहरु फन पार्कमा दुर्घटनामा पर्ने गरेकाछन् । यस ह्याप्पी वर्ल्ड फन पार्कमा खेल्न जाने जोकोही बालबालिकाहरुको ज्यान कतिखेर जाने हो भन्ने जोखिम रहेकोछ ।
फन पार्क भित्र असुरक्षित संरचना र सुरक्षाको प्रबन्ध नभएका कारण त्यहाँ खेल्न गएका बालबालिकाहरु पटक–पटक दुर्घटनामा परिरहेकाछन् । सुरक्षाका मापदण्ड पुरा नगरि ह्याप्पी वर्ल्ड फन पार्क निर्माण गरिएको छ । जसका कारण पटक–पटक यस फनपार्कमा खेल्न आएका बालबालिकाहरु दुर्घटनाको सिकार बनिरहेकाछन् ।
दुर्घटनामा परेका कयौं बालबालिकाहरु मृत्युको मुखबाट बाँच्न सफल भएकाछन् । फितलो ब्यस्थापन, बालबालिकालाई रेखदेख गर्ने कोही नहुँनु, कमसल संरचनाका कारण यस ह्याप्पी वल्र्ड फन पार्कमा खेल्न गएका बालबालिकाहरु कस्को कतिखेर मृत्यु हुन्छ थाहा छैन ।
दुर्घटनामा परेका बालबालिकाहरु फन पार्क ब्यवस्थापनले कुनै चासो देखाउने गरेको छैन । फन पार्कमा दुर्घटनामा परेका बालबालिकाहरुलाई अभिभावकले आफैले खर्च गरेर उपचार गर्ने गरेका छन् ।
आफ्नै फन पार्कमा दुर्घटनामा परेपनि फन पार्क व्यवस्थापन पक्षले कुनै चासो देखाउने गरेको छैन । पीडितका अभिभावकहरुले असुरक्षित फनपार्क तत्काल बन्द गरिनुपर्ने र प्रहरी प्रशासनको चासो देखाई पूर्ण सुरक्षा छ की छैन चेकजाँच गरेर मात्र सञ्चालन गर्न दिनुपर्ने बताउँछन् ।
स्विमिङ पुलमा खेल्न गएका बालबालिका को कतिखेर डुबेर ज्यान जाने हो थाहा छैन । किनकी स्विमिङ प्रशिक्षक यस ह्याप्पी वर्ल्डमा राखिएको छैन । थुप्रै कर्मचारी ब्यवस्थापन पक्षले हटाइदिएको र तलब नपाएर केहीले जागिर छोडि दिएकाले खेल्न आएका सबै बालबालिकाको रेखदेख गर्न नसकिरहेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् ।
‘कर्मचारी थोरै छन्, कसलाई कसलाई हेर्ने, यहाँ त यस्तो छ की स्विमिङ पुलमा नुहाउन गएका बालबालिका को कतिखेर डुब्छ थाहै छैन ।’ एक कर्मचारीले नाम नछापिदिनुहोला भन्दै सेतोखरीसँग भने–‘स्लाडिङ(चिप्लेटी)बाट मान्छे खसेको पनि थाहा हुदैन । साँढेमा खेल्ने, नुहाउने, पिङ खेल्ने को कता खेल्छ र दुर्घटनामा पर्छ ठेगान छैन ।’
हवल्दारपुर प्रहरीले समेत फनपार्क व्यवस्थापनलाई पटक–पटक भन्दा पनि अटेर गर्ने गरेको र ‘पावर’ देखाउने गरेको बतायो । यस ह्याप्पी वल्र्ड फन पार्क सञ्चालक विजय भण्डारी ‘बासु’लाई पटक–पटक फोन गर्दा पनि फोन नउठाएको, दुर्घटनामा परेका बालकका अभिभावकले बताए ।
पाँच दिन अघिमात्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ विशाल चोकका १४ वर्षीय बालक ह्याप्पी वर्ल्ड फन पार्कमा नुहाउन गएका बेला स्लाडिङको माथिबाट खसेर टाउको फुटेकोछ । उनको टाउकोमा ७ वटा टाँका लगाइएकोछ । यसअघि आर्दश स्कुलले स्कुलको तर्फबाट यही फन पार्कमा विद्यार्थीलाई घुमाउन लगेका बेला सो बेला एक बालकको माथिबाट खसेर टाउको फुटेको थियो ।
जिपलाईन, साइकिलिङ, बुल राईड र पिङबाट खसेर दर्जन बालबालिका घाइते भइसकेकाछन् । ह्याप्पी वर्ल्ड फन पार्कका प्रबन्ध निर्देशक लेख विक्रम शाहले ब्यवस्थापनको कमजोरीका कारण दुर्घटना भएको भन्दै माफी मागेकाछन् । ‘हाम्रो कमजोरीले दुर्घटना भएको छ, हामी यसलाई सुधार गर्छौं’–उनले भने ।
थप समाचार
हवल्दारपुरको ह्याप्पी वर्ल्ड वाटर पार्कमा दुर्घटना, बालकको टाउको फुट्यो
पैसा कमाउन फन पार्कमा ‘ज्यानमारा स्विमिङ्ग पुल’
मेरो प्लानेटको स्विमिङ्ग पुलमा १४ वर्षीय किशोरको डुबेर मृत्यु
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश