होसियार ! ह्याप्पी वर्ल्ड फन पार्कमा ज्यान जाने खतरा

संरचनाहरु असुरक्षित, दर्जन बालबालिका दुर्घटनाको सिकार


होसियार ! ह्याप्पी वर्ल्ड  फन पार्कमा ज्यान जाने खतरा

नेपालगन्ज १९ साउन : बाँकेको हवल्दारपुर स्थित ह्याप्पी वर्ल्ड फन पार्कमा खेल्न जान ज्यानको खतरा रहेकोछ । हप्तैपिच्छे खेल्न गएका बालबालिकाहरु फन पार्कमा दुर्घटनामा पर्ने गरेकाछन् । यस ह्याप्पी वर्ल्ड फन पार्कमा खेल्न जाने जोकोही बालबालिकाहरुको ज्यान कतिखेर जाने हो भन्ने जोखिम रहेकोछ ।

फन पार्क भित्र असुरक्षित संरचना र सुरक्षाको प्रबन्ध नभएका कारण त्यहाँ खेल्न गएका बालबालिकाहरु पटक–पटक दुर्घटनामा परिरहेकाछन् । सुरक्षाका मापदण्ड पुरा नगरि ह्याप्पी वर्ल्ड फन पार्क निर्माण गरिएको छ । जसका कारण पटक–पटक यस फनपार्कमा खेल्न आएका बालबालिकाहरु दुर्घटनाको सिकार बनिरहेकाछन् ।

दुर्घटनामा परेका कयौं बालबालिकाहरु मृत्युको मुखबाट बाँच्न सफल भएकाछन् । फितलो ब्यस्थापन, बालबालिकालाई रेखदेख गर्ने कोही नहुँनु, कमसल संरचनाका कारण यस ह्याप्पी वल्र्ड फन पार्कमा खेल्न गएका बालबालिकाहरु कस्को कतिखेर मृत्यु हुन्छ थाहा छैन ।

दुर्घटनामा परेका बालबालिकाहरु फन पार्क ब्यवस्थापनले कुनै चासो देखाउने गरेको छैन । फन पार्कमा दुर्घटनामा परेका बालबालिकाहरुलाई अभिभावकले आफैले खर्च गरेर उपचार गर्ने गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

आफ्नै फन पार्कमा दुर्घटनामा परेपनि फन पार्क व्यवस्थापन पक्षले कुनै चासो देखाउने गरेको छैन । पीडितका अभिभावकहरुले असुरक्षित फनपार्क तत्काल बन्द गरिनुपर्ने र प्रहरी प्रशासनको चासो देखाई पूर्ण सुरक्षा छ की छैन चेकजाँच गरेर मात्र सञ्चालन गर्न दिनुपर्ने बताउँछन् ।

स्विमिङ पुलमा खेल्न गएका बालबालिका को कतिखेर डुबेर ज्यान जाने हो थाहा छैन । किनकी स्विमिङ प्रशिक्षक यस ह्याप्पी वर्ल्डमा राखिएको छैन । थुप्रै कर्मचारी ब्यवस्थापन पक्षले हटाइदिएको र तलब नपाएर केहीले जागिर छोडि दिएकाले खेल्न आएका सबै बालबालिकाको रेखदेख गर्न नसकिरहेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् ।

‘कर्मचारी थोरै छन्, कसलाई कसलाई हेर्ने, यहाँ त यस्तो छ की स्विमिङ पुलमा नुहाउन गएका बालबालिका को कतिखेर डुब्छ थाहै छैन ।’ एक कर्मचारीले नाम नछापिदिनुहोला भन्दै सेतोखरीसँग भने–‘स्लाडिङ(चिप्लेटी)बाट मान्छे खसेको पनि थाहा हुदैन । साँढेमा खेल्ने, नुहाउने, पिङ खेल्ने को कता खेल्छ र दुर्घटनामा पर्छ ठेगान छैन ।’

हवल्दारपुर प्रहरीले समेत फनपार्क व्यवस्थापनलाई पटक–पटक भन्दा पनि अटेर गर्ने गरेको र ‘पावर’ देखाउने गरेको बतायो । यस ह्याप्पी वल्र्ड फन पार्क सञ्चालक विजय भण्डारी ‘बासु’लाई पटक–पटक फोन गर्दा पनि फोन नउठाएको, दुर्घटनामा परेका बालकका अभिभावकले बताए ।

पाँच दिन अघिमात्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ विशाल चोकका १४ वर्षीय बालक ह्याप्पी वर्ल्ड फन पार्कमा नुहाउन गएका बेला स्लाडिङको माथिबाट खसेर टाउको फुटेकोछ । उनको टाउकोमा ७ वटा टाँका लगाइएकोछ । यसअघि आर्दश स्कुलले स्कुलको तर्फबाट यही फन पार्कमा विद्यार्थीलाई घुमाउन लगेका बेला सो बेला एक बालकको माथिबाट खसेर टाउको फुटेको थियो ।

जिपलाईन, साइकिलिङ, बुल राईड र पिङबाट खसेर दर्जन बालबालिका घाइते भइसकेकाछन् । ह्याप्पी वर्ल्ड फन पार्कका प्रबन्ध निर्देशक लेख विक्रम शाहले ब्यवस्थापनको कमजोरीका कारण दुर्घटना भएको भन्दै माफी मागेकाछन् । ‘हाम्रो कमजोरीले दुर्घटना भएको छ, हामी यसलाई सुधार गर्छौं’–उनले भने ।

थप समाचार

हवल्दारपुरको ह्याप्पी वर्ल्ड वाटर पार्कमा दुर्घटना, बालकको टाउको फुट्यो

पैसा कमाउन फन पार्कमा ‘ज्यानमारा स्विमिङ्ग पुल’

मेरो प्लानेटको स्विमिङ्ग पुलमा १४ वर्षीय किशोरको डुबेर मृत्यु