गुलरिया(बार्दिया) १ भदौ : बर्दिया राष्ट्रिय निकुञ्जको चेपाङग मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने सुर्खेतको भेरीगंगा नगरपालिकामा दुईजनाको ज्यान लिने पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । दुई जना मानिसलाई खाएर ‘डकार्न’ नपाउँदै उक्त पाटेबाघलाई नियन्त्रणमा लिइएको हो ।
भेरीगंगा नगरपालिका वडा नम्बर–५ गेरुवनी स्थित शक्ति मध्यवर्ती सामुदायिक वन क्षेत्रमा सोहि स्थानका ४६ वर्षिय रामबहादुर चन्द र ६७ वर्षिय कवि ओली घाँस काट्न गएका बेला साउन २९ गते दिउँसो बाघले आक्रमण गरी ज्यान लिएको थियो ।
लामो समयसम्म दुवै जना घर नफर्किएपछि खोजी गर्दै जाँदा चन्द र ओली आईतबार मृत अवस्थामा भेटिएका थिए ।
निकुञ्ज कार्यालयका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाबाट खटिगएको टोलीले भदौ १ गते दिउसो सल्यानको कालिमाटि गाँउपालिका वडा नम्बर–७ स्वामीबास वन क्षेत्रबाट उक्त बाघलाई नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिए ।
नियन्त्रणमा लिइएको सो पाटेबाघालाई बाँके राष्ट्रिय निकुञ्ज कार्यालयको खैरी पोष्ट नजिक रहेको खोरमा सुरक्षित राखिएको छ । सो बाघ करिब १२ वर्षको भएको बताइएको छ । बाघलाई बाँके निकुञ्जमा छोडिने भएको छ ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल