नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न समितिको सिफारिस


नरैनापुरलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न समितिको सिफारिस

नेपालगन्ज २२ भदौ : जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले नरैनापुर गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ ।

हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले जानकारी दिए ।

समितिले प्रयाप्त सिँचाइ, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

यसअघि कृषि वैज्ञानिक सहितको टोलीले सो क्षेत्रमा कोशेबालीको खेती गर्न सुझावसमेत दिएको थियो । नरैनापुर गाँउपालिकाले आफ्नो क्षेत्रलाई यसअघि सुख्खा क्षेत्र घोषणा गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

गाउँपालिकाको बैठकले पर्याप्त सिँचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुख्खा क्षेत्र घोषणा गरेको जनाएको थियो ।

थप समाचार

नरैनापुर पुगेर अर्थमन्त्रीले भने राहत र सिचाइँ ब्यवस्था मिलाउन पहल गर्छु

नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा, छेउमै राप्ती बग्छ

नरैनापुरमा विशेष प्याकेज ल्याउने अर्थमन्त्री शर्माले दिए आश्वासन

डिप बोरिङ र राहत उपलब्ध गराउन सिडियोलाई ज्ञापनपत्र

आकाशे पानीको भर पर्दा नरैनापुरमा १५ प्रतिशत मात्र रोपाई

सिंचाई अभावका कारण नरैनापुरबासीको चेत खुल्यो, सिक्टा नहर निर्माणका लागि सर्वेक्षण गर्न दिने

सुख्खाग्रस्त नरैनापुरका किसानलाई मन्त्री अथकको आश्वासन ‘तत्काल राहतको व्यवस्था गराउँछु’