नेपालमा डेंगुबाट ९ जनाको मृत्यु, ११ हजार संक्रमित


नेपालमा डेंगुबाट ९ जनाको मृत्यु, ११ हजार संक्रमित

नेपालगन्ज २९ भदौ : कोरोना महामारीकाबीच यस वर्ष नेपालमा डेंगु संक्रमण महामारीका रुपमा फैलिदैं गएकोछ ।

नेपालको ७७ वटै जिल्लामा डेंगु संक्रमण भइसकेकोछ । दिनानुदिन डेंगु संक्रमितको संख्या बढ्दै गइरहेकोछ । भने यसबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गइरहेकोछ ।

नेपालमा आज बुधबार विहानसम्म डेंगु संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १३ सेप्टेम्बर (हिजो)सम्म सो संख्यामा संक्रमित भेटिएका हुन् । आजको तथ्यांक बेलुका मात्र अध्यावधि हुनेछ । महाशाखाका अनुसार डेंगुका कारण हासम्म ९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा तीन हजार ७९३ जना संक्रमित भेटिएका छन् । त्यस्तै, काठमाडौंमा दुई हजार ५७९, मकवानपुरमा एक हजार ११२ तथा रुपन्देहीमा ५९४ जनामा संक्रमण देखिएको छ ।
भक्तपुर, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्लामा नौ हजार २२६ जनामा संक्रमण पुष्टि भएको हो । महाशाखाका अनुसार यस वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

डेंगुबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।

त्यस्तै, डेंगु निको हुने विश्वासमा मेवाको पात लगायतका घरेलु औषधिहरु प्रयोग नगर्न तथा दुखाइ कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरुको सुझाव छ ।

थप समाचार

नेपालमा डेंगु संक्रमित संख्या दश हजार नजिक पुग्यो

देशभर ८ हजारभन्दा बढीमा डेंगु संक्रमण, पेनकिलर नखान विज्ञको सुझाव

डेंगुका कारण बजारमा सिटामोलको अभाव !

भेरीमा डेंगुका बिरामीलाई कोभिड वार्डमा राखेर उपचार

डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो

दाङमा डेंगु संक्रमित महिलाको मृत्यु

के हो डेंगु ?, कसरी बच्ने ?

डेंगुका बिरामीले के खाने, के नखाने ?