नेपालगन्ज २९ भदौ : कोरोना महामारीकाबीच यस वर्ष नेपालमा डेंगु संक्रमण महामारीका रुपमा फैलिदैं गएकोछ ।
नेपालको ७७ वटै जिल्लामा डेंगु संक्रमण भइसकेकोछ । दिनानुदिन डेंगु संक्रमितको संख्या बढ्दै गइरहेकोछ । भने यसबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गइरहेकोछ ।
नेपालमा आज बुधबार विहानसम्म डेंगु संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १३ सेप्टेम्बर (हिजो)सम्म सो संख्यामा संक्रमित भेटिएका हुन् । आजको तथ्यांक बेलुका मात्र अध्यावधि हुनेछ । महाशाखाका अनुसार डेंगुका कारण हासम्म ९ जनाको मृत्यु भएको छ ।
अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा तीन हजार ७९३ जना संक्रमित भेटिएका छन् । त्यस्तै, काठमाडौंमा दुई हजार ५७९, मकवानपुरमा एक हजार ११२ तथा रुपन्देहीमा ५९४ जनामा संक्रमण देखिएको छ ।
भक्तपुर, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्लामा नौ हजार २२६ जनामा संक्रमण पुष्टि भएको हो । महाशाखाका अनुसार यस वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् ।
डेंगुबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो बासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।
त्यस्तै, डेंगु निको हुने विश्वासमा मेवाको पात लगायतका घरेलु औषधिहरु प्रयोग नगर्न तथा दुखाइ कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरुको सुझाव छ ।
थप समाचार
नेपालमा डेंगु संक्रमित संख्या दश हजार नजिक पुग्यो
देशभर ८ हजारभन्दा बढीमा डेंगु संक्रमण, पेनकिलर नखान विज्ञको सुझाव
डेंगुका कारण बजारमा सिटामोलको अभाव !
भेरीमा डेंगुका बिरामीलाई कोभिड वार्डमा राखेर उपचार
डेंगुबाट बाँकेमा एकै दिन १२ वर्षिया बालिकासहित २ जनाको ज्यान गयो
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर