करेन्ट लागेर बर्दियामा ९ वर्षीया बालिकासहित २ जनाको मृत्यु


करेन्ट लागेर बर्दियामा ९ वर्षीया बालिकासहित २ जनाको मृत्यु

गुलरिया ३ असोज : बर्दिया करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका वडा नम्बर–९ निवासी ९ वर्षीया बालिका खुस्बु धोवि र बारबर्दिया नगरपालिका वडा नम्बर–८ दुधाका ३३ वर्षीय शनिराम थारुको करेन्ट लागेर मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

खुस्बुलाई घरमै करेन्ट लागेको प्रहरीले बताएकोछ भने थारुलाई मन्दिर निर्माण गर्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागी गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।