कर्मचारीलाई कालोमोसो दल्न खोज्ने विप्लपका कार्यकर्ता पक्राउ


कर्मचारीलाई कालोमोसो दल्न खोज्ने विप्लपका कार्यकर्ता पक्राउ

गुलरिया (बर्दिया) ७ असोज : बर्दियाको मधुवन नगरपालिका, शिक्षा शाखा प्रमुखलाई कालोमोसो दल्ने योजना सहित कार्यालय पुगेका नेकपा माओवादी विप्लवका कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हुम्ला सोरु गाँउपालिका–७ का २२ वर्षीय अर्जुन विष्ट रहेको बर्दिया प्रहरीले जनाएको छ । अन्यको पनि पहिचान खुलिसकेको हुँदा उनीहरुको खोजी कार्य अघि बढेको प्रहरीले बताएकोछ ।

अखिल क्रान्तिकारी बर्दियाका अध्यक्ष हरि प्याकुरेलले शिक्षक नियुक्ती, सरुवा, बढुवा, जिल्ला मिलानमा भ्रष्टाचार गरेको आरोप लगाउँदै आफनो समुहले कालो मोसो दलेको दावी गरेको छ ।

शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले केहि दिनदेखि नै शिक्षक मिलान तथा सरुवा गरिएको काम तत्काल फिर्ता लिन आफुलाई सो समुहले दवाव दिदै आएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले भने –‘कार्यकक्षमा आएर केही विषयमा छलफल गर्नु छ भन्दै आएकासंग आफुले पनि छलफल गरिरहेका बेला एक्कासी पलाष्टिकबाट कालो मोसो निकाल्ने क्रममा आफु कार्यकक्षबाट बाहिरिदैँ हो–हल्ला गरेपछि उनीहरु भागेका थिए ।’

कालो मोसो दल्न आएको समुहले खनाललाई भने कालो मोसो दल्न सकेनन् । शिक्षा शाखा प्रमुख खनालले होहल्ला गरेपछि उनीहरु भागेका थिए । भाग्दै गरेका मध्ये एक जनालाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाइएको थियो ।

कार्यालय समयमा नगरपालिका भित्र छिरेका विप्लवका ४ जना कार्यकर्ताहरुले कालो मोसो दल्ने क्रममा धकेला–धकेल हुँदा खनालको सर्ट(पोशाक) मा कालोमासो लागेको थियो ।

वार्ताबाट समस्या समाधान गर्नु सकिने भएपनि यस खालको हर्कत गर्नेलाई कानूनी कारबाही गर्नुपर्ने कर्मचारीहरुले माग छ ।

यसैबिच मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनाको निन्दा गरेका छन् । घटनामा संलग्नहरुलाई कानूनी कारबाहीका लागि नगरप्रमुख भाटले प्रहरीलाई आग्रह समेत गरेकाछन् ।