नेपालगन्ज १५ कार्तिक : विङ्गरको ठक्करबाट बर्दियामा एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
बाँकेको नेपालगन्जबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको भे १ ज १११२ नम्बरको विङ्गरले पैदलयात्रु सुर्यकला राजीलाई ठक्कर दिएको हो ।
गुलरिया नगरपालिका–४ निवासी ४१ वर्षिय सुर्यकलालाई विङ्गरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार तीव्र गतिमा गुडिरहेको विङ्गरको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि स्थानीयबासीले गुलरिया–राजापुर सडक खण्ड केहि समय अवरुद्ध गरेका थिए । करिब ३० मिनेटको बन्दपछि सडक यातयात खुलेको पनि उनले बताए ।
गुलरियाको बवई क्याम्पस नजिकै भएको घट्नामा चालक र विङ्गरलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएकोछ । ओभर स्पिड, कमजोर गाडी, कम उमेरका चालक, क्षमता भन्दा दोव्वर यात्रु राख्ने गरेका कारण पनि सडक दुर्घटना बढेको बताइएको छ ।
बाँके क्षेत्र नं २ को क्षेत्रीय सभापति चुनिए नरेन्द्रकुमार चौधरी, चारजना प्रदेस सांसद महाधिवेशन प्रतिनिधमा पराजित
नेपाली काँग्रेस १५ औं महाधिवेशनका लागि प्रतिनिधि चुनिए गगन र विश्व
पत्रकार हेमन्त मल्ल प्रक्राउ : सांसद र गृहमन्त्रालयकै नाम जोडिएको अडिओ प्रकरण के हो?
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?