विङ्गरको ठक्करबाट पैदल यात्रीको मृत्यु


विङ्गरको ठक्करबाट पैदल यात्रीको मृत्यु

नेपालगन्ज १५ कार्तिक : विङ्गरको ठक्करबाट बर्दियामा एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

बाँकेको नेपालगन्जबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको भे १ ज १११२ नम्बरको विङ्गरले पैदलयात्रु सुर्यकला राजीलाई ठक्कर दिएको हो ।

गुलरिया नगरपालिका–४ निवासी ४१ वर्षिय सुर्यकलालाई विङ्गरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार तीव्र गतिमा गुडिरहेको विङ्गरको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि स्थानीयबासीले गुलरिया–राजापुर सडक खण्ड केहि समय अवरुद्ध गरेका थिए । करिब ३० मिनेटको बन्दपछि सडक यातयात खुलेको पनि उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

गुलरियाको बवई क्याम्पस नजिकै भएको घट्नामा चालक र विङ्गरलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएकोछ । ओभर स्पिड, कमजोर गाडी, कम उमेरका चालक, क्षमता भन्दा दोव्वर यात्रु राख्ने गरेका कारण पनि सडक दुर्घटना बढेको बताइएको छ ।