गुलरिया (बर्दिया) २२ कार्तिक : शौच गर्ने बहानामा जिल्ला अदालतबाटै फरार भएका कैदीलाई प्रहरीले करिब ७ वर्षपछि पक्राउ गरेको छ ।
२०७२ साल फागुन ५ गते राती बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर–८ निवासी ६९ वर्षिय जोरे थापालाई घरमै सुतिरहेको अवस्थामा व्यक्तिगत रिसइबीका कारण हत्या गरेका सोही स्थानका २४ वर्षीय ‘टोपे’ भनिने अजित बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
घटना घटेको भोलीपल्टै पक्राउ परेका क्षेत्रीलाई अनुसन्धान पुरा गरी कर्तव्य ज्यान मुद्दामा अदालतले २०७२ साल फागुन ३० गते १९ वर्ष ११ महिना ६ दिनको कैद सजाए सुनाएको थियो । अदालतले कैद सजाय सुनाएकै दिन शौच गर्ने बहानामा ‘टोपे’ हतकडीसहित फरार भएका थिए ।
‘टोपे’लाई थुनुवा भागे÷भगाएमा थप १० वर्ष ६ महिना कैद हुने व्यवस्था सहित ३० वर्षको कैद सजाए बर्दिया जिल्ला अदालतले गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।
अदालतबाटै फरार भएका क्षेत्री भारतमा बस्दै आएका थिए । केहि दिन पहिले मात्र उनी घरमा आएको भन्ने खबर पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।
पत्रकार हेमन्त मल्ल प्रक्राउ : सांसद र गृहमन्त्रालयकै नाम जोडिएको अडिओ प्रकरण के हो?
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु