नेपालगन्जमा अर्को प्रेसर कुकर बम फेला पर्यो


नेपालगन्जमा अर्को प्रेसर कुकर बम फेला पर्यो

File Photo

नेपालगन्ज ३० कार्तिक : नेपालगन्जमा अर्को दुई वटा प्रेसर कुकर बम फेला परेकोछ । एउटा प्रेसर कुकर बम पड्केको घरमै अर्को प्रेसर कुकर बम फेला परेको बाँके प्रहरीले जनाएकोछ ।

चुनावलाई लक्षित गरि हातहतियार र विस्फोटक पदार्थहरु भारतबाट नेपालगन्ज भित्रिएको भनि दुई साता अघि सेतोखरी डटकमले समाचार प्रकाशन गरेको थियो । तर, बाँके प्रहरी प्रशासनले नभित्रिएको दावि गरेको थियो ।

नेपालगन्ज १० भृकुटी नगर स्थित जनस्वास्थ्य कार्यालय नजिकै एक घरमा दीवाकर विक्रम मल्लको घरमा बम फेला परेको बाँके प्रहरीले सेतोखरीलाई बताएकोछ ।

विप्लवका कार्यकर्ताहरु सोही घरमा भाडामा बस्दै आएका थिए । फेला परेको बमलाई नेपाली सेनाको टोली आई डिस्पोज गर्ने तयारी भइरहेकोछ बाँके प्रहरीले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्जमा बम विस्फोट, दुई जना घाईते

नेपालगन्ज ३० कार्तिक स् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० भृकुटीनगर स्थित जनस्वास्थ्य नजिकै एक घरमा बम विस्फोट हुँदा दुई जना घाइते भएकाछन् । घाईते हुनेमा विप्लव कार्यकर्ता डिल्ली विसीसहित दुईजना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेकाले जनाएकोछ । बाँके प्रहरीका अनुसार बम पड्काउनेमा संलग्न दुवैजनालाई पक्राउ गरिएको सेतोखरीलाई जानकारी दिएकोछ । विस्तृत विवरण आउँदै ।

थप समाचार

नेपालगन्जमा बम विस्फोट, दुई जना घाईते

निर्वाचन लक्षित नेपालगन्जमा ठूलो मात्रामा हतियार भित्रियो, हतियार खोज्दै प्रहरी

नेपालगन्जमा अबैध हतियार पड्काउँदा एसपी र सिडिओ भन्छन्– ‘हतियार भित्रिएको छैन’