खजुरा क्यान्सर अस्पतालबाट मुखको क्यान्सरको जटिल शल्यक्रिया गराएर घर फर्के राजकुमार


खजुरा क्यान्सर अस्पतालबाट मुखको क्यान्सरको जटिल शल्यक्रिया गराएर घर फर्के राजकुमार

नेपालगन्ज २४ मंसिर : बाँकेको खुजरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले जटिल अवस्थामा पुगेको मुखको क्यान्सरको सफल शल्यक्रिया गरेको छ ।

अस्पतालले बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ पिप्रहवाका राजकुमार लोनियाको ‘स्टेज–४ बी’ मा पुगेको मुखको क्यान्सरको सफल अप्रेसन गरेको हो। चिकित्सकहरुका अनुसार यो ठूलो सफलता हो ।

अस्पतालका हेड डाक्टर ऋषिकेश ठाकुरले करिब आठ घण्टा लगाएर लोनियाको अप्रेसन गरेको बताए । लखनउको अस्पतालमा धेरै पैसा लाग्ने र निको हुने ग्यारेन्टी नभएको बताएपछि लोनिया खजुरास्थित क्यान्सर अस्पतालमा आएका थिए । अस्पताल आएको १२ औँ दिन लोनिया सफल अप्रेसन गरेर घर फर्किएका छन् ।

मुख तथा अनुहारका सर्जन डाक्टर शैलेश गौतमका अनुसार लोनियाको घाउले छाला र हड्डी समातिसकेको थियो । मुख बन्द भइसकेको थियो । घाँटीसम्म फैलिएको थियो । बंगाराको हड्डी र आँखा तलको हड्डी फालेर लोनियाको गालामा छातीको मासु निकालेर लगाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

डाक्टर गौतमले भने, ‘यो चरणमा पुगेको क्यान्सरलाई ‘स्टेज–४ बी’ भनिन्छ । स्टेज ४ ‘सी’मा पुगेपछि अप्रेसन गर्न मिल्दैन ।’

नेपालका ठूला अस्पतालले दिने सेवा खजुरा क्यान्सर अस्पतालले दिएको छ । यो अप्रेसन गर्न पर्याप्त पूर्वाधार र सामान चाहिन्छ । यो चरणको क्यान्सरको अप्रेसन गर्दा चार लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकहरु बताउँछन् ।

डाक्टर ठाकुरले खजुरामा योसहित थाइराइडका ठूला दुई वटा अप्रेसन गरेको बताए । अस्पतालका कार्यकारी निर्देशक डाक्टर निरज भट्टराईले खजुरामा अहिले क्यान्सरका जटिल अप्रेसनहरु भइरहेको बताए ।

थप समाचार

क्यान्सर अस्पताल खजुरामा पहिलो पटक दुरबिन प्रबिधिबाट ४ जना बिरामीको अप्रेशन

क्यान्सर अस्पताल खजुरामा पहिलो पटक मुटुरोग उपचार शिबिर

क्यान्सर अस्पताल खजुरामा बिदाको दिनमा ८ वटा अप्रेशन

खजुरा क्यान्सर अस्पतालबाट सेवा लिनेको संख्यामा दोब्बर बृद्धि

क्यान्सर अस्पताल खजुरामा उपचार गराउनेले २ लाख सुविधा पाउने

डा. कृष्ण आचार्य : जसले खजुरा क्यान्सर अस्पताललाई चम्काइदिए