अल्पाइनमा सिभिल बैंकको वित्तीय साक्षरता


अल्पाइनमा सिभिल बैंकको वित्तीय साक्षरता

नेपालगन्ज २६ मंसिर : नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त सिभिल बैंकले वित्तीय साक्षरतालाई अवलम्बन गर्दै नेपालगन्जमा वित्तिय साक्षरता कार्यक्रम गरेकोछ ।

उक्त कार्यक्रममा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली लगायतका विषयमा साक्षरता प्रदान गरिएको थियो ।
नेपालगन्जको अल्पाईन कलेजमा गरिएको उक्त कार्यक्रममा कलेजका तीन सय जना विद्यार्थीको सहभागीता रहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिको पहुँच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ विीत्तय साक्षरता कार्यक्रम गरिएको सिभिल बैंक लिमिडेट शाखा कार्यलाय नेपालगन्ज प्रबन्धक प्रनिल पछाईले जानकारी दिए ।