डुडुवाको १२ औं गाउँसभा : ६५ करोड बढीको बजेट पारित


डुडुवाको १२ औं गाउँसभा : ६५ करोड बढीको बजेट पारित

डुडुवा (बाँके) ५ पुष : डुडुवा गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट पारित भएको छ । बहुमतको आडमा नेकपा एमाले र जसपाका कारण पछिल्लो ५ महिनादेखि अबरुद्ध हुँदै आएको गाउँपालिकाको सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियक, नीति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सर्वसम्मत रुपमा पारित गरेको हो ।

जस अनुसार पूर्वाधार विकासतर्फ (गाउँपालिका) १४ करोड ४६ लाख, पुर्वाधार विकास (वडातर्फ) ३ करोड, चालू कार्यक्रम खर्च १४ करोड २४ लाख ५३ हजार र सशर्त अनुदान २४ करोड २० लाख ४० हजार, आर्थिक विकासमा १ करोड ५० लाख, सामाजिक विकासमा ५ करोड ६५ लाख, वन वातावरण र विपद व्यवस्थापनतर्फ ४२ लाख, संस्थागत विकास र सेवा प्रवाहमा १ करोड ८४ लाख रुपैयाँको बजेट रहेको छ ।

गाउँसभामा सोमबार प्रस्तुत भएको नीति कार्यक्रम र बजेटमाथी आज (मङ्गलबार बसेको पुनः बैठकमा छलफल गरि सर्बसम्मत रुपमा पारित भएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका १८ बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधी भाषा र उर्दु भाषाको संरक्षण र संम्बद्र्धन, एसईई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रति छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च ,मस्जिद एवं गुरुद्वाराहरुको संरक्षण, मर्मतसंभार तथा पुर्ननिर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा स्नानघर र आर्यघाट व्यवस्थितरूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण, आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयनमार्फत गाउँपालिकाको समग्र विकास, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर–घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरि ‘ग’ र ‘घ’ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता, गाउँपालिकाको वनकट्टीमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रावाहलाई नियमित सहज, सूचना प्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री, भूमिहिन सुकुमबासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमि ऐन बमोजिम कार्यप्रक्रिया अगाडी बढाउने, बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था, डुडुवा गाउँपालिक वडा नम्बर–६ महाउत टोलमा सात सय मेटिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालु आव मै सम्पन्न गरि किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण आत्मनिर्भरमा बनाईनेछ ।

कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क रुपमा वितरण, उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रि गर्भाधान, नश्ल सुधार गरि कृषकको आम्दानीमा वृद्धि गर्ने लगायत रहेको छ ।

सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७९ प्रस्तुत गरेका थिए । सोमबार प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथी आज थप छलफल गरि सर्बसम्मत रुपमा पारित गरिएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

यसअघि बहुमतको दम्भमा नेकपा एमाले र जसपाको विरोधका कारण गाउँसभा पटकपटक स्थगित हुँदै आएको थियो । आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि डुडुवा गाउँपालिकाले सोमबार आफ्नो १२ औं गाउँसभा गरेको हो । यसअघि समयमा गाउँसभा नहुँदा सबै सेवा ठप्प भएका थिए ।

थप समाचार

पाँच महिनापछि डुडुवाको गाउँसभा : ६५ करोड बढीको बजेट सार्वजनिक

हिउँदे अधिवेशन गर्ने समयमा डुडुवाको गाउँसभा बस्दै

एमाले र जसपाको दम्भ टुट्यो, डुडुवामा लागेको ताला खुल्यो

कर्मचारीद्वारा डुडुवामा तालाबन्दी, सेवा थप प्रभावित

डुडुवामा एमाले र जसपाको दादागिरी : चार महिनादेखि अबरुद्ध गाउँपालिकाको सेवा प्रवाहबारे अधिकारकर्मीको चासो